News

काठमाडौ तराई जोड्ने द्रुतमार्ग सडकमा माटो काट्ने र भर्ने काम ७०% पुरा
राष्ट्रिय गौरवको बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको काठमाडौ तराई जोड्ने द्रुतमार्ग सडकमा माटो काट्ने र भर्ने काम ७० प्रतिशत पूरा भएको छ : फास्ट ट्रयाकको कामले विकास समितिमा सेनाको प्रशंसा

चैत २, २०७५,काठमाडौं / राष्ट्रिय गौरवको बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको काठमाडौ तराई जोड्ने द्रुतमार्ग सडकमा माटो काट्ने र भर्ने काम ७० प्रतिशत पूरा भएको छ । संसदको विकास तथा प्रविधी समितिको शुक्रबार बसेको बैठकमा द्रुतमार्गको अवलोकन भ्रमण प्रतिवेदन सार्वजनिक गर्दै नेपाली सेनाले जिम्मेवारी लिएको १८ महिनामा उल्लेख्य प्रगति भएको जानकारी गराइएको छ ।गएको पुस ६ र १६ गते समितिका ९ जना सदस्य, सचिवालयका कर्मचारी, नेपाली सेनाका प्रतिनिधी  लगायतले आयोजनामा भइरहेको कामको प्रगतिबारे स्थलगत अवलोकन गरेका थिए । अवलोकनका क्रममा सेनाले जिम्मेवारी पाएको १८ महिनामा कूल ७६ दशमलव २ किमी मध्ये ५४ किमी खण्डमा कटिङ/फिलिङको काम करिब ७० प्रतिशत सम्पन्न भएको र निर्धारित समयमा सेनाले काम सक्ने प्रतिवेदनमा भनिएको छ । नेपाली सेनाले काठमाडौँदेखि निजगढसम्म १० वटा क्याम्प खडा गरेर द्रुतमार्ग निर्माणको काम अगाडि बढाइरहेको छ ।

यस्तो छ फास्ट ट्रयाकको प्रगति :

निजगढको जिरो कि.मि.मा निजगढको पूर्व–पश्चिम हाइवे तामागडीदेखि चुरेको फेदिसम्म समथर क्षेत्रमा करिव ८ कि.मि. माटो काट्ने र माटो भर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ । सडकको चौडाई ४४ मि. सम्म रहेको र एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सडक निर्माण कार्यदल वेसक्याम्प निजगढका प्रमुख प्राविधिक सेनानी राजेश कुमार देवले संसदीय समितिलाई बताएका छन् ।

यस्तै मकवानपुरको राजदमार ८ कि.मि. क्षेत्रभित्र कटिङ/फिलिङ काम भइरहेको र पुल बनाउने काम आगामी वर्षबाट थालिने भएको छ ।

यता द्रुतमार्गको पहिलो पटक २०६६ साल कात्र्तिक २३ मा शिलान्यास भएको बुदुनेमा लगभग ७९.१ प्रतिशत काम सकिएको छ । सो खण्डमा ११ वटा पुल बनाउनु पर्ने २२ वटा घरहरुको क्षतिपूर्ति दिन बाँकी रहेको छ ।

यस्तै कान्ति राजपथ र द्रुतमार्गको क्रसिङ विन्दु रहेको लेनडाँडा महादेवटारदेखि धेद्रे खोलासम्म ३.३ कि.मि., धेद्रेदेखि जितपुर खोलासम्म १.४ कि.मि. र शिवालिक रेन्जमा पर्ने जितपुर खोलादेखि वाँदरे खोलासम्म कान्तिलोकपथमा हुने क्षति कम गर्न १.३७ कि.मि. गरी ३ वटा सुरुङमार्ग निर्माण गरिने भएको छ ।

 ५ कि.मि. क्षेत्रमा काम भइरहेको यो ठाउँमा २.९ कि.मि. मा ८९ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

यस्तै काठमाडौँको दक्षिणकाली नगरपालिकाको वडा नं. ७ मख्खुबेसीमा ९ कि.मि. क्षेत्रमा ५ ठाउँमा अन्डरपास बन्ने, ११ ठाउँमा पुलहरू बनाउनुपर्ने, त्यहाँ लगभग ७४ प्रतिशत कटिङको कार्य पूरा भएको छ । यस खण्डमा २ वटा ९० मिटरको पुल बनाउनु पर्ने, जम्मा ८.५ कि.मि. हेर्ने सेनाको मख्खुबेसी क्याम्पले २ महिनाभित्र कटिङको काम सक्ने जनाएको छ ।

संसदमा प्रस्तुत प्रतिवेदनमा आयोजनको काम नेपाली सेनाले जिम्मा लिएको भएपनि कतिपय स्थानमा राष्ट्रिय स्तरका निर्माण व्यवसायीहरुले समेत काम गरिरहेको जनाइएको छ । 

खोकनामा अझै मुआब्जा विवाद

द्रुतमार्ग अन्र्तगत ललितपुरको खोकना खण्डको ६ कि.मि. खण्डमा अझै जग्गा मुआब्जा तथा रेखांकन विवाद रहेको छ । डुकुछाप वुङ्मति खण्डमा पर्ने द्रुतमागको २.९ कि.मि. खण्डमा कटिङ/फिलिङ गरी द्रुतमार्ग निर्माणको काम भइरहेपनि खोकनामा जग्गा अधिग्रहणको विवादका कारण निर्माण कार्य अगाडि बढाउन अझै समस्या रहेको जनाइएको छ ।

संसदीय समितिका प्रतिनिधीले स्थानीय बासी तथा सरोकारवालाहरूसँग कुरा गर्दा फर्सीडोललाई जिरो प्वाइन्ट कायम गर्नु पर्छ भन्ने माग समेत राखेको प्रतिवेदनमा उल्लेख छ ।

खोकनाबासीले अन्य स्थानमा गुठीको जग्गा अधिग्रहण गर्दा कायम गरिएको मूल्यको ३३ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने नियम भएपनि उनीहरुले ५० प्रतिशत क्षतिपूर्तिको माग गरेका छन् । 

६ प्रतिशत मुआब्जा दिन बाँकी : ९७ प्रतिशत रुख काटियो

यस्तै आयोजनाको इञ्जिनियरिङ सर्भे तथा डिजनाइन अन्र्तगत पूर्व इन्जिनियरिङ सर्भे, एलाइन्मेन्ट डिजाइनको काम सकिएको, क्रस ड्रिनेज स्ट्रक्चर, रिटेइनिङ स्ट्रक्चर सम्पनन भएको र पुलहरूको स्थान तथा लम्बाई निर्धारण भई सकेको छ । २१ हजार २ सय ५८ रुख कटान गर्नुपर्नेमा २० हजार ६ सय ६६ अर्थात ९७ प्रतिशत रुख कटान गरिएको छ । यस्तै अधिग्रहण गर्नु पर्ने १५ हजार ६९ रोपनी मध्ये ८ सय ६३ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी छ ।

यता पुल निर्माणका लागि ६ वटा विदेशी निर्माण कम्पनीहरूको पूर्व योग्यता निर्धारण अनुसार छनौट गरिएको छ भने साना पुलहरू निर्माणको लागि खरिद प्रकृया सुरु गर्न टेन्डर प्रक्रिया सुरु गरिदैछ । 

सुरुङ निर्माणका लागि पनि टेन्डर कागजात तयार पार्ने काम भइरहेको भने प्रस्तावित टनेलहरूको डिजाइनको काम भइरहेको छ ।

सरकारले २०७४ वैशाख २१ गते यो आयोजना निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।  २०७४ साउन २७ गते सेनालाई भौतिक पूर्वाधार मन्त्रालयले आयोजना हस्तान्तरण गरेपछि  सेनाले काम थालेको थियो ।  काठमाडौँदेखि निजगढसम्मको दूरी ७६.२ कि.मि.मा प्रतिघण्टा १ सय २० कि.मि.को गतिमा सवारी साधनहरू गुड्ने योजना छ ।

विकास समितिको बैठकमा सेनाले प्रभावकारी ढंगले काम गरेको भन्दै प्रसंसा समेत भएको छ । पूर्व प्रधानमन्त्री एवं समितिका सदस्य झलनाथ खनालले सेनाले गरेको विकासको काम नेपालको मौलिक मोडेल भएको बताउदै फास्ट ट्रयाक निर्माणको काम अब सुनिश्चित भएको बताए ।-रातो पाटि बाट साभार

 

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All