Bahas

'सरकार नै उर्जा क्षेत्रको विकासको मुख्य बाधक': गगन थापा

प्रधानमन्त्री केपी ओलीले एक वर्षभत्रि देशलाई लोडसेडिङ मुक्त राख्ने घोषणा गरेपछि यसबारे नयाँ बहस सुरु भएको छ । यो बहसमा सरिक हुँदै सांसद गगन थापाले लोडसेडिङ हटाउने भए १० वटा काम गर्न प्रधानमन्त्रीलाई अनलाइनखबरमार्फत सुझाव दिएका छन् । एक वर्षमा लोडसेडिङको अन्त्य गर्ने घोषणा महत्वाकांक्षी भए पनि प्रधानमन्त्रीले मनैदेखि चाहेको खण्डमा धेरै सुधारका काम गर्न सक्ने व्यवस्थापिका संसदअन्तर्गतको कृषि तथा जलस्रोत समितिका सभापतिसमेत रहेका युवा नेता थापा बताउँछन् ।

एक वर्षमा लोडसेडिङको अन्त्य सम्भव नभए पनि केही वर्षभित्रै विद्युत उत्पादन बढाउन सरकारले केही महत्वपूर्ण कामहरु गर्नुर् पर्ने थापाको ठम्याइ छ ।

थापाले अनलाइनखबरसँग भने- ‘हामी जलस्रोतका धनी त छौं, तर किन अहिलेसम्म त्यसको उपयोग गर्न सकेका छैनौं ? यसका अवरोधहरु के-के हुन् ? अनि अवरोध हटाउन के-कस्ता कदम चाल्नुपर्छ भन्ने पहिचान गरेर प्रधानमन्त्री अघि बढ्नुपर्छ ।’

लोडसेडिङ अन्त्य गर्ने भन्ने सरकारी लक्ष्य नै गलत भएको उनको भनाइ छ । ‘लोडसेडिङ अन्त्य होइन, आगामी २/४ वर्षमा कति विद्युत उत्पादन हुन्छ भन्ने योजना बनाउनुपर्छ,’ थापाले भने ।

थापाका १० सुझाव

१. उर्जा मन्त्रालयलाई चुस्त बनाउ- थापाको ठम्याइमा लक्ष्य हासिल गर्न प्रधानमन्त्रीले गर्नुपर्ने पहिलो काम देशको समग्र उर्जा क्षेत्र हेर्ने उर्जा मन्त्रालयलाई चुस्त दुरुस्त बनाउने नै हो । उनी भन्छन्- ‘उर्जा मन्त्रालयले सामान्य अवस्थामा गर्नुपर्ने काम पनि भद्रगोल अवस्थामा छन् । नियमित गर्नुपर्ने कामलाई जस्ताको त्यस्तै राखेर लोडसेडिङ अन्त्य गर्छु भन्ने कुरा हावादारी हुन्छ ।’

२. तत्काल नीतिगत सुधार थाल- उर्जा विधेयकको अभावमा यस क्षेत्रको विकास हुन नसकेको थापा बताउँछन् । ‘वर्षौंदेखि उर्जा विधेयक रोकिएर बसेको छ । प्रधानमन्त्रीले त्यसलाई द्रुत गतिमा अघि बढाउनुपर्छ,’ उनले भने । नीतिगत अभावका कारण जग्गा अधिग्रहणमा समस्या भएकाले अडि्कएर रहेका ऐन, कानून तत्काल ल्याउन थापाले सुझाए । त्यस्तै, संसदमा रहेको उर्जा सुरक्षा रणनीति ल्याउनुपर्ने उनको सुझाब छ ।

३. संरचनागत सुधार गर- उर्जा क्षेत्रको जिम्मेवारी पाएका उर्जा मन्त्रालय, खासगरी नेपाल विद्युत प्राधिकरण (जसले विद्युत, उत्पादन, व्यापार र वितरणको जिम्मेवारी पाएको छ) यसको संरचनागत सुधार आवश्यक भएको थापाको ठहर छ ।
‘प्रसारणको काम प्राधिकरणबाट झिकेर राष्ट्रिय प्रसारण कम्पनीलाई सक्रिय बनाउन पसरकारलाई मेरो आग्रह छ’ थापाले भने ।

४. ढिलासुस्ती हटाउ- आफुले विद्युत आयोजनाहरुको निर्माणको गति अत्यन्तै सुस्त पाएको थापाले गुनासो गरे । निजी क्षेत्रका आयोजनाहरुलाई सरकारी निकायबाटै दुख दिन काम भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्ने थापाको सुझाव छ । उनी भन्छन्- ‘नेपालको उर्जा क्षेत्रको मूख्य बाधक सरकारी निकाय हुन्, यिनको सुधार अत्यावश्यक छ ।’

५. प्रसारणलाइन बनाउ- निजी क्षेत्रले आयोजना बनाए पनि सरकारी निकायले समयमै प्रसारण लाइन नबनाउँदा विद्युत उयत्पादनमा ढिलाइ भइरहेको छ । ‘प्रसारण लाइनबिना उत्पादन गरेको बिजुली कहाँ लैजाने ?’ थापाले भने- त्यसैले सरकारको ध्यान चाँडोभन्दा चाँडो प्रसारण लाइन निर्माणमा हुनुपर्छ ।’

६. चमेलिया घोटालाको निकास देउ- नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाट विद्युत उत्पादन क्षमताको चमेलिया जलविद्युत आयोजनामा ठूलो घोटला भइरहेकाले अपराधीलाई कारबाही गरी आयोजनाको काम दु्रत गतिमा अघि बढाउनुपर्ने थापाको राय छ ।

‘चमेलियाको घोटाला काण्ड संसदको लेखा समितिमा रोकिएको छ । वर्तमान उर्जामन्त्री आफैं लेखा समितिमा हुनुहुन्छ । प्रधानमन्त्रीले चमेलिया घोटाला प्रकरणमा के गर्ने हो चाँडै टुंग्याउनु पर्छ, नत्र यसको रोग अन्यत्र पनि सर्छ ।’ थापाले भने ।

७. ठूला आयोजनाको काम छिटो गर- प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डले माथिल्लो कर्णाली, अरुण ३, पश्चिम सेतीलगायतका ठूला आयोजनासँग सम्झौता गरिसकेको छ । तर, सम्झौताअनुसार काम हुन नसकेको गुनासो गर्दै थापाले भने- प्रधानमन्त्रीले फाइल हेरेर तत्काल काम अघि बढाउनुहोस् ।’
त्यसैगरी राष्ट्रिय गौरबका आयोजना मन्त्रालयको गौरबका आयोजना भएकाले यसतर्फ प्रधानमन्त्रीले विषेश ध्यान दिनुपर्ने थापाले सुझाए ।

८. सौर्यउर्जामा जोड देउ- सौर्य उर्जामा जोड दिए तत्कालको संकट टार्न सजिलो हुने भएकाले यसतर्फ प्रधानमन्त्री सचेत हुनुपर्ने थापाले बताए ।
‘उर्जा सुरक्षाका दृष्टिकोणमा पनि एउटै उर्जा स्रोतमा भर पर्नु राम्रो होइन’ थापाले भने- जलविद्युत हाम्रो मुख्य स्रोत हो । तर, सौर्य उर्जा पनि त्यसको सहयोगी हो । सौर्य उर्जाको काम अघि बढाउनुहोस् ।’ सौर्य उर्जाबाट राष्ट्रिय प्रसारणमा २०० मेगावाट जोड्ने सरकारी योजना छ ।
विश्व बैंकले २५ मेगावाटको सौर्य उर्जाको योजना अघि बढाइसकेको छ । र, एशियाली विकास बैंकले पनि चासो देखाएकाले सौर्य उर्जाको काम अघि बढाउन सजिलो हुने उनले बताए ।

९.सरकारी निकायबीच समन्वय गराउ- विभिन्न सरकारी निकायबीच तालमेल नहुँदा उर्जा क्षेत्रको विकास हुन नसकेकाले यी निकायहरुबीच समन्वयकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीलाई थापाको सुझाब छ ।

१०. बजेटमा भएका घोषणा कार्यान्वयन गर-सरकारले बजेटमा गरेको सहुलियतका घोषणाहरु लगानीकर्तालाई उपलब्ध गराउन नसकिरहेको अवस्थामा प्रधानमन्त्री ओली त्यसको कार्यान्वयन अग्रसर हुनुपर्ने थापाको सुझाब छ ।

र, अन्त्यमा,

थापा भन्छन्- ‘माथि मैले जे जति समस्याहरु उल्लेख गरेँ । यी सबै समस्याका गाँठाहरु फुकाउने सक्ने एकमात्र व्यक्ति भनेको प्रधानमन्त्री हो । प्रधानमन्त्री आफैं सक्रिय भएर लाग्ने हो भने १५ दिनमा समस्याका गाँठाहरु फुक्छन् । यसतर्फ म प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले थपे- ‘नेपालको उर्जा क्षेत्रको विकासको बाधक सरकार नै हो । सरकारी निकायले लगानीकर्तालाई दुख दिने प्रवित्ति अन्त्य नभएसम्म यस क्षेत्रको विकास हुन सक्दैन । कर्मचारीतन्त्रमा सुधारको खाँचो छ, त्यसका लागि पनि प्रधानमन्त्रीले पहल गर्नुपर्छ ।’

Source: Online Khabar

 

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All