Infrastructure
रेलमार्गलाई भौगर्भिक भर
‘कमजोर भौगर्भिक स्थिति भएको’, ‘भौगर्भिक वास्तविकता अझै थाहा नभएको’, ‘जटिल भौगर्भिक स्थिति भएको’, ‘अत्यन्त विकट भौगर्भिक बनावट भएको’, ‘भूगर्भीय दृष्टिकोणबाट उच्च भूकम्पीय जोखिममा रहेको’ जस्ता टिप्पणी आइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काठमाडौं–रसुवागढी हुँदै तिब्बतको केरुङसम्म पुग्ने रेलमार्ग निर्माण गर्ने विषय चर्चामा छ । यस सन्दर्भमा रेलमार्ग निर्माण क्षेत्रको भूगर्भले पनि महत्त्व पाएको देखिन्छ । ‘कमजोर भौगर्भिक स्थिति भएको’, ‘भौगर्भिक वास्तविकता अझै थाहा नभएको’, ‘जटिल भौगर्भिक स्थिति भएको’, ‘अत्यन्त विकट भौगर्भिक बनावट भएको’, ‘भूगर्भीय दृष्टिकोणबाट उच्च भूकम्पीय जोखिममा रहेको’ जस्ता टिप्पणी आइरहेका छन् ।
2396 Views
नुवाकोटलाई काठमाडौंसँग सुरुङमार्गबाट जोडिने भएको छ
नुवाकोट–काठमाडौं जोड्न अब ४ किमीको छहरे सुरुङमार्ग, २७ अर्ब खर्चेर चीनले बनाइदिने
नुवाकोटलाई काठमाडौंसँग सुरुङमार्गबाट जोडिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकभर निर्माण गरिने विभिन्न ७ वटा सुरुङमार्ग मध्ये सबैभन्दा तयारी अबस्थामा रहेको योजनाको रूपमा टोखा–छहरे सुरुङमार्ग भएको सडक विभागले जानकारी दिएको छ ।
विभागका वैदेशिक सहयोग समन्वय महाशाखाका अनुसार चीन सरकारले बनाउन चाहेको यो सुरुङमार्ग नागढुङ सुरुङमार्ग पछिको दोस्रो हुने अनुमान गरिएको छ । निर्माण तयारी र दातृ निकायको चासो तथा सम्भाव्यता सकिएर तयारी अवस्थामा बसेको योजनाको रूपमा यो सुरुङमार्ग रहेको पनि विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जय श्रेष्ठको भनाइ छ ।
906 Views
चीनिया कम्पनीको लापरवाहीका कारण गाईहरु माथि अलकत्रा
काठमाडौमा वेवारीसे छोडिएका गाई गोरु माथि समयसमयमा यस्ता घटना भैरहेको छन् भने अर्को तर्फ छाडा चौपाएका कारण दुर्घटना समेत हुने गरेका छन्
साङघाइ निर्माण ग्रुपले चक्रपथ निर्माणका लागि आवश्यक अलकत्रो प्रशोधन गरिने प्लान्ट नजिकै ३ ओटा गाई अलकत्रोले जलेर छटपटीरहेको अवस्थामा भेटिएका छन्
२ ओटा गाईको मृत्यु भइसकेकाले अलकत्रा प्रशोधन गर्ने कम्पनीले नै गाडेको थियो । कम्पनिले अलकत्रा राखेको ठाउँ तार वार नराखेका कारण गाईहरु त्याहा प्रवेश गरेका थिए । कम्पनीको लापरवाहीका कारण गाईहरुको मृत्यु भएको स्थानियहरु बताउछन् ।
990 Views
धरहरा पुनर्निर्माण गर्न ६ कम्पनी इच्छुक
ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणका लागि छवटा कम्पनीले टेण्डर हालेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको टेण्डरमा धरहरा पुनर्निर्माणमा छवटा कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव पेश गरेका हुन् । प्राधिकणका सहसचिव राजुमान मानन्धरले नेपाली कम्पनीले चिनियाँ कम्पनीसँग मिलेर टेण्डरमा भाग लिएको जानकारी दिए ।
592 Views
विकास निर्माणमा कमसल सामग्री प्रयोग गरेमा १० वर्ष जेल सजाय !
विकास निर्माणका क्रममा निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरे १० वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने भएको छ। आगामी भदौ १ देखि कार्यान्वयनमा आउन लागेको मुलुकी ऐन ०७४ को फौजदारी संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हाे। मुलुकी एेन ०७५ फौजदारी संहिता ऐनको दफा २५० मा निर्माणसम्बन्धी काम वा अन्य कुनै पनि जिम्मेवारी लिएका व्यक्तिले बेइमानीपूर्वक निर्धारित मापदण्ड वा गुणस्तरको सामग्री प्रयोग नगरी काम गरेकाे पाइएमा बारबाही हुने खबर छ।
543 Views
१ खर्ब ६२ अर्ब खर्चेर चिनियाँ नाकासम्म ५ सडक, डबल लेनको पीचले जोड्दै भारत र चीन
चिनियाँ नाका जोड्ने ५ वटा सडकहरुको निर्माण कार्य यतिबेला धमाधम अघि बढिरहेको छ । सरकारले हालसम्म आफ्नै श्रोतबाट निर्माण कार्य अघि बढाईरहेका ती सडकमध्ये कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोर भने राष्ट्रिय गौरवकै आयोजनामा पर्छन् ।
744 Views
गुल्मी–अर्घाखाँची जोड्ने रैया खोलामा पक्कि पुल
गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड नम्बर १० र अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ को बिचमा पर्ने रैया खोलामा पक्कि पुलको निर्माण गरिएको छ । कुल ३५ लाखको लागतमा दुई बर्षमा उपभोक्ता समितिमार्फत पुलको निर्माण गरिएको हो । पुल निर्माण भएसँगै दुवै जिल्लावासिलाई ओहोर–दोहोर गर्न सहज भएको छ ।
555 Views
२५ वर्षे युवाले बनाए नमुना परियोज
भैरहवास्थित सिद्धार्थनगर पालिका–१२ का अभिरत अग्रवाल भारतमा पढाइ सकेपछि नेपाल आएरै केही गर्न चाहन्थे । व्यापारिक परिवारका भए पनि उनमा व्यापारबाहेक केही गरौ भन्ने चाहना थियो ।
फोहोरबाट मोहोर बनाउन सकिने सुनेका उनी फोहोरबाट ऊर्जा र मल दुवै उत्पादन गर्न भनेर कस्सिए । बायोमास निर्माणको जर्मन प्रविधिबारे समेत उनले अध्ययन गरे ।
669 Views
पूर्वपश्चिम राजमार्गमा पर्ने तिनाउ पुल जोखिममा,
पूर्वपश्चिम महेन्द्र राजमार्गको मध्यभागमा पर्ने बुटवलस्थित तिनाउ नदीको पुल कमजोर बन्दै गएको छ । पुलमुनिबाट जथाभावी नदीजन्य पदार्थ (ढुंगा, बालुवा र मिस्कट) निकाल्दा पुल कमजोर बनेको हो । तिनाउ नदीको बढ्दो दोहनको असर पुलमा परेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको मध्यभागमा पर्ने बुटवलस्थित तिनाउ नदीको पुल कमजोर बन्दै गएको छ । पुलमुनिबाट जथाभावी नदीजन्य पदार्थ (ढुंगा, बालुवा र मिस्कट) निकाल्दा पुल कमजोर बनेको हो । तिनाउ नदीको बढ्दो दोहनको असर पुलमा परेको छ ।
588 Views
गुल्मीका बाटोहरुमा यसरी धमाधम स्तरोन्नतीको काम भैराछ
गुल्मीका बिभिन्न सडकहरुमा यतिबेला सडक स्तोरन्नतीको कामले तिब्रता पाएको छ । रुद्राबेणी-वामीटक्सार सडक र चोरकाटे-शान्तिपुरमा नाली काट्ने, पर्खाल उठाउने, सडक चौडा पार्ने, ग्राभेलिङ गर्ने जस्ता कामहरु तिब्र गतीमा भईरहेका छन् ।
गुल्मीका बिभिन्न सडकहरुमा यतिबेला सडक स्तोरन्नतीको कामले तिब्रता पाएको छ । रुद्राबेणी-वामीटक्सार सडक र चोरकाटे-शान्तिपुरमा नाली काट्ने, पर्खाल उठाउने, सडक चौडा पार्ने, ग्राभेलिङ गर्ने जस्ता कामहरु तिब्र गतीमा भईरहेका छन् ।
गुल्मीमा आर्थिक बर्ष ०७४/०७५ मा ६० किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको थियो । केही समय अघी तम्घास–सीमलटारी सडक आयोजना प्रमुख इन्जिनियर सुजन अधिकारीले यस आवको अन्त्यसम्म १५ किमि सडक पिच हुने अपेक्षा गरिएको बताएका थिए तर उनले अपेक्षा गरे बमोजिम यो आर्थिक बर्ष सकिनै लाग्दा सम्म पनी कालोपत्रे भने हुन सकेको छैन ।
673 Views
नेताले ठेक्का लिएको पुल ७ बर्षसम्ममा पनि बनेन, १२ वटा पिल्लर मात्रै ठडियो
अहिलेसम्म पुलका १२ वटा पिल्लर मात्रै खोलामा उभिएका छन् ।
पुर्वाधार निमार्णको ठेक्का राजनीति गर्ने नेताले पाए भने के होला ? उदाहरणको लागि मकवानपुरको बागमती गाँउपालिका ४ र सिन्धुलीको हरीहरपुर ४ जोड्ने बागमती खोला माथिको पुल बनाउने जिम्मा नेपाली कांग्रेसका महासमिति सदस्य जयराम लामिछानेले लिएका थिए जुन ७ बर्ष देखि अलपत्र छ ।
२१ करोडको लागतमा ५ बर्षमा निर्माण सम्पन्न गर्ने गरी लामिछानेको स्वछन्द निर्माण कम्पनीले लिएको थियो । अहिलेसम्म पुलका १२ वटा पिल्लर मात्रै खोलामा उभिएका छन् । सर्वसाधारण भने डुउबको भरमा खोला वारपार गर्न बाध्य छन् ।
602 Views
पाथीभरामा केबुलकार
फुङलिङ नगरपालिकाले प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका लागि अनुमति दिने निर्णय गरेको छ ।
फुङलिङ नगरपालिकाले प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका लागि अनुमति दिने निर्णय गरेको छ ।
फुङलिङ नगरपालिका–११ फुरुम्बुको भालुगौंडेमा सुरु र ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर परिसरमा अन्तिम स्टेसन हुने गरी केबुलकार बनाउन पाथीभरा देवी दर्शन केबुलकार प्रालि काठमाडौं ५ लाई अनुमति दिएको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले बताए ।
1159 Views
अब डाँडाकाँडामा केवलकार, २४ वटा कम्पनीले मागे अनुमति (हेनुस् सूचीसहित)
नेपालमा केवलकार सञ्चालको सम्भावना देखिएको भन्दै अग्ला स्थानका अधिकांश मन्दिरलाई दृष्टिगत गरेर धमाधम केवलकार सञ्चालनको प्रक्रिया अगाडि बढाउन थालिएको छ ।
नेपालमा केवलकार सञ्चालको सम्भावना देखिएको भन्दै अग्ला स्थानका अधिकांश मन्दिरलाई दृष्टिगत गरेर धमाधम केवलकार सञ्चालनको प्रक्रिया अगाडि बढाउन थालिएको छ ।
नेपालका डाडाँकाडाँमा केबलकार सञ्चालन गर्न अनुमति माग गर्दै भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयमा आवदेन दिने कम्पनीको संख्या २४ वटा पुगेको छ ।
यी २४ वटा कम्पनीमध्ये एउटै स्थानमा अनुमति माग्नेदेखि फरकफरक स्थानमा केबलकार सञ्चालन गर्न माग गर्ने कम्पनी एक पछि अर्को गर्दै धमाधम मन्त्रालय थाउन थालेका छन् ।
668 Views
वस्तु शव स्टेशन अलपत्र पार्ने ठेकेदारलाई कार्वाही गर्ने को ?
तिन करोड भन्दा बढिको लागतमा काठमाण्डौंको गौरी पार्वती÷श्रीउस्मा ÷पावन ईलेक्ट्रोनिक ज्वाईन्ट भेन्चर निर्माण कम्पनीले सुरु गरेको उक्त भवन निर्माणमा अनियमित्ता भएको भन्दै त्यसको निर्माण व्यवसायी राजेन्द्र मिश्र विरुद्ध नेपाल विद्युत प्राधिकरणले सर्वोच्च अदालतमा मुद्धा दिदा पनि सो अदालतले मिश्र कै पक्षमा फैसला गरे पछि उनले ढिला सुस्तीमा थप प्रशय पाउँदै आएका छन् ।
गुल्मीको वस्तुमा एक दशक अघि देखि निर्माण कार्य सुरु गरिएको करोडौं लागतको शव स्टेशन भवन र आवास गृह भवन अलपत्र परेको छ । २०६३/०६४ सालमा सुरु गरिएको वस्तु शव स्टेशनको भवन एक तला ढलान गरी हाल सम्म अलपत्र पारिएको छ । एक दशक अघि अलपत्र योजनामा राज्यको कुनै निकायको नजर नपरेपछि स्थानियले ति ठेकेदारलाई कार्वाही गर्ने को ? भनेर प्रश्न गर्ने गरेका छन् ।
540 Views
वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र
राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान– चतरा, गाईघाट– कटारी, सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माणको काम तीव्र रुपमा अघि बढेँकोछ ।
राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान– चतरा, गाईघाट– कटारी, सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माणको काम तीव्र रुपमा अघि बढेँकोछ ।
भित्री मधेसलाई राजधानीसँग जोड्ने सबै भन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेँकोछ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमानसम्मका विभिन्न भागमा कलभर्ट, कज्वे र पुलपुलेसा निर्माण भइरहेको छ । डेढवर्ष अघि निर्माण कार्य शुरु भएको वैकल्पिक उक्त राजमार्गको करिब ३५ प्रतिशत भन्दा बढी काम पूरा भइसकेको आयोजना कार्यालय गाईघाट उदयपुरले जनाएको छ ।
602 Views
सरकारले काठमाडौं निजगढ द्रुतमार्ग का लागि १५ अर्ब ३९ करोड बजेट छुट्यायो
आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा द्रुतमार्गका लागि १५ अर्ब ३९ करोड ७८ लाख बराबरको रकम विनियोजन गरिएको हो । यसमा नेपाल सरकारको ५ अर्ब ६४ करोड र वैदेशिक अनुदानबाट ९ अर्ब ७५ करोड रुपैयाँ खर्च गरिनेछ ।
505 Views
२०७५–०८५ लाई ऊर्जा दशक घोषणा गर्दै सरकार
–उत्पादन गर्ने निजी क्षेत्रलाई वेबास्ता गरेको आरो
२०७५–०८५ लाई ऊर्जा दशक घोषणा गर्दै सरकारले यसका लागि १ अर्ब ८७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ३ वर्षभित्र ३ हजार, ५ वर्षभित्र ५ हजार र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको हो । मंगलबार सार्वजनिक बजेटमा सरकारको तर्फबाट जलविद्युत् विकास दशकसम्बन्धी कार्ययोजनाका लागि १९ करोड ४५ लाख तथा अर्थ मन्त्रालयलको ऋण तथा लगानीअन्तर्गत १ अर्ब ६७ करोड ३७ लाख विनियोजन गरिएको छ
648 Views
बूढीगण्डकी र अन्य ठूलाठूला आयोजना प्रतिस्पर्धाको आधारमा बनाउने
“बूढीगण्डकी र अन्य ठूलाठूला आयोजना प्रतिस्पर्धामार्फत अघि बढाएर लगानीसमेत आकर्षण गर्छौं "
अर्थमन्त्री डा. युवराज खतिवडाले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना प्रतिस्पर्धाको आधारमै निर्माण गर्ने बताएका छन् ।
542 Views
प्राधिकरण सञ्चालक समितिले तनहुँ सेतीको पिपिए स्वीकृत गर्यो
नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले १ सय ४० मेगावाटको तनहुँ सेती (माथिल्लो सेती) जलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) स्वीकृत गरेको छ ।
1114 Views
समृद्ध नेपाल निर्माणमा जलविद्युत् उत्पादन
पानीको प्रचुरताले मात्र विद्युत उत्पादनको अङ्क गणित बढ्ने होइन । विद्युत उत्पादनका अनेक प्राविधिक बहुआयामिक पक्षहरूलाइ ध्यान दिन जरुरी छ ।
पानीको प्रचुरताले मात्र विद्युत उत्पादनको अङ्क गणित बढ्ने होइन । विद्युत उत्पादनका अनेक प्राविधिक बहुआयामिक पक्षहरूलाइ ध्यान दिन जरुरी छ ।
398 Views
पर्वतको पुलचोक क्षेत्रको नदीकिनारमा पक्कि पर्खाल निर्माणको कामलक्ष्य अघिनै सकियो
ढिलासुस्तीका कारण अधिकांश पूर्वाधार सम्बन्धि विकास आयोजनाहरु थला परेको अवस्थामा बेनीमा सञ्चालीतनदी नियन्त्रण योजनाको कामभने लक्ष्य अघिनै सम्पन्नभएको छ ।
447 Views
रेलका विषयमा कामभन्दा कुरा बढी भएपछि चिनियाँ पक्ष असन्तुष्ट
नेपालमा रेलमार्गका बारे राम्रै चर्चा परिचर्चा भएको छ । आजै रेल आयो, भोलि नै रेल आयो । रेल चलिसक्यो जसरी चर्चा भएको छ ।
627 Views
पक्राउ पर्ने डरले धमाधम निर्माणमा जुटे ठेकेदार
लमजुङमा बर्षौसम्म पुल निर्माण अलपत्र पारेर बसेको दुई निर्माण कम्पनीले काम सुरु गरेका छन् । समयमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया थालेसँगै उनीहरू पुल निर्माणमा जुटेका हुन् ।
564 Views
कलंकी–कोटेश्वर सडक विस्तार अन्तिम चरणमा
उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक हो– कलंकी । जहाँ नागढुंगा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप अत्यधिक हुन्छ ।
941 Views
मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न सहमति
काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ ।
367 Views
काठमाडौं ४ रुटमा यात्रु ओसार्न केबलबार
सरकारले काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलबार सञ्चालनका लागि गृहकार्य थालेको छ । निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु भएको छ ।
665 Views
हुलाकी सडकमा सीमा विवाद
जिल्लामा हुलाकी सडकको सीमा कति कायम गर्ने भन्नेमा विवाद देखिएको छ । सरोकारवाला निकाय नै २५ मिटर राख्ने कि १५ मिटर भन्नेबारे अन्योलमा छन् । स्थानीयले भने ११ मिटर मात्र राख्न दबाब दिँदै आएका छन् ।
1115 Views
झापादेखी गुल्मी हुँदै डडेलधुरा जोड्ने पुर्व पश्चिम लोकमार्ग निर्माण हुने
सरकारले चुरे तथा भित्री मधेस हुँदै नयाँ ‘पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग’ निर्माण गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले आफ्ना नेता स्व. मदन भण्डारीका नाममा चौथो पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी कार्यक्रम अघि सारेको हो ।
507 Views
केरुङ-काठमाडौं रेलमार्गको अध्ययन सुरु
चीनको केरुङदेखि काठमाडौंसम्म बन्ने रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको छ । यसका लागि चिनियाँ प्राविधिक टोलीले सोमबारबाट काम थालेको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन रिपोर्ट भदौ १५ भित्र ल्याउने लक्ष्य छ ।
484 Views
कालीगण्डकी बहुद्देश्यीय परियोजना अघि बढाउन सरकार र लगानी बोर्डसँग लबिङ तीव्र पारिएको छ
विद्युत्, सिँचाइ र जल यातयातसमेत सञ्चालन गर्न सकिने जलाशययुक्त कालीगण्डकी बहुद्देश्यीय परियोजना अघि बढाउन सरकार र लगानी बोर्डसँग लबिङ तीव्र पारिएको छ।
परियोजनाबाट प्रत्यक्ष लाभ लिने पर्वत, बाग्लुङ र गुल्मीका जनप्रतिनिधि तथा स्थानीय तहका प्रमुखहरूले परियोजना अघि बढाउन सरकार र लगानी बोर्डसँग लबिङ तीव्र बनाएका छन्। सबैभन्दा गहिरो खोंच भएर बग्ने कालीगण्डकी नदीमा जलाशययुक्त परियोजना बनाउन सस्तो पर्ने र बहुउपयोग गर्न सकिने भन्दै लबिडलाई तीव्र पारिएको छ।
755 Views