News
मन्त्रीपरिषद्ले गरेका २० निर्णय
सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्
सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हाे ।
704 Views
कर्णाली प्रदेश सरकारले सुरु गर्यो कर्णाली उज्यालो’ कार्यक्रम
कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयन भएको छ
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया शुरु भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेत र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
1099 Views
विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण हुँदै
५० ठाँउमा चार्जिङ स्टेशन निमार्णका लागि ठेक्का प्रकिया सुरु
सरकारले विद्युत्बाट चल्ने सवारीसाधनलाई लक्षित गरी चार्जिङ स्टेशन निर्माणको कामलाई तिव्रता दिएको छ । सरकारले विद्युतीय गाडीहरुको प्रयोगलाई उच्च प्राथमिकता दिइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले त्यस्ता सवारीसाधनलाई लक्षित गरी देशै भर चार्जिङ स्टेशन निर्माणलाई तिव्रता दिएको हो । त्यसका लागि विद्युत् प्राधिकरणले ठेक्का प्रकिया समेत सुरु गरिसकेको उर्जा सचिव दिनेशकुमार घिमिरे जानकारी दिए ।
913 Views
सडक कालो पत्रे गर्ने काम धमाधम
काठमाण्डौं देखि ककनि हुदै नुवाकोट जोड्ने सडक कालो पत्रे हुने भएको छ ।
काठमाण्डौं देखि ककनि हुदै नुवाकोट जोड्ने मुख्य सडक खण्ड कालो पत्रे हुने भएको छ । प्रदेश सरकारले यस आर्थिक बर्षको लागि सडकको चौडा नाला माटो ढुङगा कटिङ र पर्खाल निर्माणको लागि बजेट बिनियोजन गरेको छ ।
1585 Views
ज्यान जोखिममा राखेर विजुलि ल्याउन अग्रसर
सरकारी निकायबाट नहर बनाउन अप्रयाप्त आएको भन्दै स्थानिय वासिले आक्रोस व्याक्त गरेका छन्
नुवाकोटका गाउँ घरमा विधुत् लाइन पूर्याउनलाई स्थानिय वासिन्दाहरु आफ्नो ज्यानको प्रवाह नगरी श्रमदानमा लागि परेका छन् । गाउँका युवा, युवति बुढापाका सबैजना कुटो कोदालो हँसिया घन आदि अैजार बोकेर हरेक दिन नहर खन्न लागि परेका छन् ।
1605 Views
आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा
प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले अब विकासले गति लिने दाबी गर्दै आएका छन्
आर्थिक वर्ष ०७६/७७ देशको १५औँ योजना कार्यान्वयनको पहिलो वर्ष हो । सरकारले १५औँ योजना अवधिभर आर्थिक वृद्धिदर औसत वार्षिक ९.२ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । ०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी–बबई सुरुङको ब्रेक थ्रु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भयो । निजी क्षेत्रले निर्माण गरेका दुई पाँचतारे होटेल मारियोट र सोल्टी पनि नयाँ वर्षको सुरुदेखि औपचारिक सञ्चालनमा आए ।
1459 Views
गल्छी–रसुवागढी सडकको मुआब्जा वितरण
नुवाकोट- गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक राष्ट्रिय गौरवको आयोजना को रूपमा विस्तार भइरहेको योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण सुरु गरिएको छ ।वि.सं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार पुस १ देखि सुरु भएको सडक स्तरोन्नति तथा विस्तारको काम एक वर्ष थपसहित ३३ महिनाभित्र वि.सं २०७६ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भयको हो ।
1429 Views
काठमाडौ तराई जोड्ने द्रुतमार्ग सडकमा माटो काट्ने र भर्ने काम ७०% पुरा
राष्ट्रिय गौरवको बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको काठमाडौ तराई जोड्ने द्रुतमार्ग सडकमा माटो काट्ने र भर्ने काम ७० प्रतिशत पूरा भएको छ : फास्ट ट्रयाकको कामले विकास समितिमा सेनाको प्रशंसा
राष्ट्रिय गौरवको बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको काठमाडौ तराई जोड्ने द्रुतमार्ग सडकमा माटो काट्ने र भर्ने काम ७० प्रतिशत पूरा भएको छ । संसदको विकास तथा प्रविधी समितिको शुक्रबार बसेको बैठकमा द्रुतमार्गको अवलोकन भ्रमण प्रतिवेदन सार्वजनिक गर्दै नेपाली सेनाले जिम्मेवारी लिएको १८ महिनामा उल्लेख्य प्रगति भएको जानकारी गराइएको छ
1683 Views
गोबर ग्यासको प्रयोग बड्दो क्रममा
उर्जाको प्रविति सरल हुलका साथै यसले मानिसको जिवनमा पार्ने असर र वायुमण्डलिय प्रदुषणलाई समेत कम गर्छ
हिजो आज विशेष गरि तराई तथा पहाडका विभिन्न जिल्लाहरुमा गोबर ग्यासको प्रयोग फस्टाउदै गएको छ । यो उर्जा कम खर्चिलो र बढि उपयोगि भएका कारण पनि गोबर ग्यासको प्रयोग बढ्दो छ ।उच्च हिमालि भेगमा र अन्य उर्जाको पहुच नपुगेका स्थानमा समेत गोबर ग्यास निर्माण गरि विजुलि बत्ति बाल्न, हिटर बाल्न र अन्य विद्युतिय बाल्न सक्ने सम्भावाना उच्च रहेको देखिन्छ
1777 Views
देशभरिका आयोजनाबाट आउदो बर्षहरुमा बिजुली उत्पादन वृद्धि हुने
आगामी वर्ष पनि ७०० मेगावाट बिजुली थप हुने विद्युत प्राधिकरणको अनुमान छ
आउँदो ३ वर्षमा ३ हजार मेगावाट बिजुली पुग्ने भएको छ । सार्वजनिक र निजी साझेदारबाट झण्डै दुई दर्जन आयोजना सम्पन्न भई विद्युत उत्पादन ३ हजार मेगावाट पुग्ने भएको हो ।३ वर्षमा २ हजार मेगावाट बिजुली थप गरी सरकारले यो लक्ष्य पुरा गर्ने लागेको हो । हाल जडित क्षमता १ हजार १०० मेगावाट पुगेको छ । सरकार, नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरु तथा निजी क्षेत्रबाट लक्ष्य पुरा हुनेछ ।
1702 Views
बैकल्पिक उर्जाले स्थानियको जीवन सहज बन्दै
स्थानिए बासिन्दाहरुमा काम गर्ने थप उर्जा बनेको छ । जसले गर्दा गाउँमै रहेर आफ्नो कला सिप जस्तै घर बनाउने डकर्मि काठ काट्ने मेसिन जस्ता सबै कार्य गर्न सहज भएको स्थानिए बताउछन् ।
रामेछाप सिमाना सँग जोडिएको काभ्रेको विभिन्न गाउँठाउँमा उर्जाको विकास सगै विगत केहि बर्ष देखि त्यहाँका वासिन्दाहरु ह्र्सित बनेका छन् । जसले गर्दा त्यहाँका स्थानिए बासिन्दाहरु आफ्नो दैनिक काम कार्य गर्नका निमित वषै देखि विद्युतिय उपकरणको आडमा रहेका स्थानिए बासिन्दाहरु अहिले सौर्य उर्जा गाइको गाबरबाट निस्कने विभिन्न उर्जाको सहाएताले स्थानिए बासिन्दाहरु आफ्नो घरेलु कामकाजदेखि लिएर विभिन्न खालका समस्याबाट मुक्त भएका छन् ।
1232 Views
चक्रपथ सडकको स्थिति नाजुक
सडकको स्थिति नाजुक भएकौ कारण चक्रपथ सडकमा ट्रयाफिक जाम धेरै हुने गरेको देखिन्छ । जसले गर्दा दैनिक प्रयोग गर्ने सर्बसाधारणले सास्ति भोग्नु परेको छ ।
चिन सरकारद्धरा निर्मित चक्रपथ परिक्रम सडक धेरै पहिले निर्माण भए पनि अहिले यसको स्थिति नाजुक बनेको छ । कतै खाल्डाखुल्टि कतै भत्केको जताततै अस्थब्यास्थ रुपमा रहेको यो सडकले गर्दा सर्बसाधारणले सास्ति भोग्नु परेको छ । कलङकिको आकासे पुल निर्माण हुनलागेको तिन चार बर्ष वितिसक्दा पनि अझै निर्माण कार्य सकिएर सन्चालनमा आउन सकेको छैन् ।
1707 Views
कर्णालिमा पुल निर्माण कार्य तिर्ब गतिमा
राजपुर नगरपालिकाका ब्यापारि रामबहादुर थारुले अहिले कर्णालिमा पुल निर्माण भएपछि ब्यापार पनि राम्रो भएको र कौलालि टिकापुरबाट सामान ल्याउन सजिलो भएको कुरा बताउछन् ।
काठमाण्डौं माघ २०, बर्दिया जील्लाको राजपुर नगरपालिका देखि कैलालि टिकापुर जोडने पुल तिव्र गतिमा निर्माण कार्य सुरु भएको छ । २०७४ देखि निर्माण कार्य सुरु भएको पुल अहिले धमाधम पुल वनाउने काम सुरु भइरहेको छ । उक्त पुल २०७५ सालमा सबै निर्माण कार्य सम्पन्न गरि, २०७५ सालको अन्तिममा नै सन्चालनमा आउने कुरा सिजि कन्ट्रक्सन कम्पनिले बताएको छ ।
1259 Views
सुनकोशीको खैरेनी घाटबाटोमा पक्की पुल निर्माण
यो सडकमा पक्कि पुल निर्माण हुन शुरु भएदेखि यहाँका बासिन्दाहरु अतिनै हर्षित भएका छन् र पुल निर्माण गर्नका लागि जिम्मा लिएको निमार्ण कम्पनिलाई जतिसक्दो चाडो पुल निर्माण गर्न अनुरोध गरि रहेका छन् ।
रामेछाप सिन्धुली स्थित रहेको सुनकोशीको खैरेनिघाटमा पक्की पुल निर्माण भैरहेको छ । पुल निर्माण हुनु भन्दा अगाडि र हाल पनि अस्थायी पुलबाट मानिसहरु जोखिम पूर्ण तरिकाले कोशी वारपार गर्ने गर्दछन् । वर्षायामको बेलामा झन् कष्टकर तरिकाले कोशीको वारपार गर्नु पर्दछ । लामो अनि घुमाउरो बाटो प्रयोग गरेर मानिसहरु उक्त नदि तर्ने गर्दछन् । यसै वर्ष पुल निर्माण कार्य सम्पन्न गर्ने गरि निर्माण कम्पनिले काम अगाडि बढाएको छ ।
662 Views
खैरेनीघाट, बेथान गाल्बा सडक कालो पत्रे हुने
निर्देशनालय अनुसार यस बर्ष २६ किलोमिटर सडकमा नालि निर्माण र बाटो कटिङ, पर्खाल निर्माण लगाएतका काम हुने बताइएको छ ।
रामेछाको तीनवटा गाउँपालिका जोड्ने सडक कालो पत्रे हुने भएको छ । खाँडादेवि, सुनापाति र दोरम्बा गाँउपालिका जोड्ने मुख्य सडक कालो पत्रे हुने भएको छ । प्रदेश ३ को सरकारले यस आर्थिक बर्षको लागि सडकको चौडा नाला माटो ढुङगा कटिङ र पर्खाल निर्माणको लागि बजेट बिनियोजन गरेको छ ।
718 Views
ठुला तथा घरेलु बायाे ग्यास निर्माणमा विज्ञहरुको छलफल
ठुला बायोग्यास र घरेलु बायोग्यास संयन्त्रहरुबाट पनि प्रशस्त फाइदा लिन सकिन्छ भन्ने विज्ञहरुको भनाइ छ
ठुला बायोग्यास प्लाण्ट निर्माण गरेर खाना पकाउने ग्यासका साथै कृषिका लागि उच्चस्तरको मल उत्पादन गर्नसकिने भएकोले कृषि र नविकरणीय उर्जा प्रविधिमा सक्रिया विज्ञहरुको अन्तर्संवाद कार्यक्रम आयोजना गरियो । नेपाल नविकरणीय उर्जा परिसंघले शनिबार आयोजना गरेको उक्त कार्यक्रमको सहजिकरण पूर्व मन्त्री गणेश शाहले गर्नुभएको थियो भने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका ई. दीपक पौडेलले प्रविधिको प्रभावकारिता र हाल निर्माण जडान भैरहेका संयन्त्रहरका संवन्धमा प्रस्तुतिकरण मार्फत जानकारी गराउनु भएको थियो ।
882 Views
ज्यान हत्केलामा राखेर बिजुली ल्याउन अग्रसर
श्रमदानको लागि गाँउका महिलाहरु समेत गैँती, बेल्चा, कोदालो, हँसिया, घन बोकेर हरेक दिन नहर बनाउन अग्रसर रहेका छन् ।
घरमा विद्युत लाइन पुर्याउनलाई जनश्रमदान गरिरहेको तस्बिर हेरेरै प्रष्ट हुन्छ, उनीहरु ज्यान जोखिममा राखेरै जलविद्युत योजना निर्माणमा अग्रसर भएका छन् ।
सानीभेरी गाउँपालिका–६, स्थित देउताखोला–मुसीगार लघु जलविद्युत आयोजना निर्माणको काममा स्थानीयवासी जोखिम मोलेर कामलाई तीव्रता दिइरहेका छन् ।
669 Views
वायोग्यासले सहज बन्दै जनजीवन
वायोग्यासको प्रयोगले स्थानीयहरु हर्षित भएका छन ।
नेपालको अधिकाश जिल्लाहरूमा अझै पनि खाना पकाउनको लागि दाउराको प्रयोग हुने गरेको छ भन्दा फरक नपर्ला सहरी क्षेत्रहरुमा भने खाना पकाउनको लागि l.p ग्यासको प्रयोग हुने गरेको छ। मकवानपुर पुर्बी भेगमा पर्ने बकैया गाउँपालिकामा अधिकाश घरहरुमा वायोग्यासको प्रयोग गर्ने गरेका छन। यश ग्यासको प्रयोगले स्थानीयहरु पनि निकै लावाम्बित बनेका छन।
604 Views
कपन पन्चकुमारी टोलमा खाने पानीको पाइपलाईन जडान
हाल नयाँ पाइपलाईन जडान भए पश्चात्, खानेपानीको समस्याबाट मुक्त हुने सम्पुर्ण पन्चकुमारी टोलबासीहरुको ठूलो आशा रहेको छ
काठमाण्डौ, बुढानिलकण्ठ नगरपालिका,वडा नम्बर १०,कपन पन्चकुमारी टोलमा नयाँ खानेपानीको पाइपलाईन जडानको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विगत २५ बर्ष अगाडी नै खानेपानीको पाइपलाईन सो क्षेत्रमा जडान भएता पनि,तिव्र गतिमा बढ्दो जनसंख्या र शहरीकरणका कारण विगत केही वर्ष देखी खानेपानीको चरम अभाव सो क्षेत्रका सर्वसाधारणहरुले भोग्दै आएका छन्
592 Views
सीप सिकेर स्वरोजगार बन्दै महिला
उनले आफ्नो व्यवसाय सन्चालन गर्न गाउका ५/६ जना युवाहरूलाई रोजगार समेत दिएकी छिन् ।
अपाङ्ग भए पनि खोटाङकि सरोजा राई दुई महिने सिलाई कटाइ सम्बन्धि तालीम लिएकि हुन् ।आर्थिक रुपमा आत्म निर्भर र स्वरोजगार बन्न उनले तालिम लिएकी हुन् ।तालिम पूरा गरे लगतै गाउमै कपडा सिलाइ व्यवसाय चलाउने उनको सपना पुरा हुँदैछ ।गाउँ मा नयाँ नयाँ डिजाइनका कपडा सिलाउने टेलरिङको राम्रो संभावना देखेर सिलाइ कटाइ व्यवसाय रोजेको सरोजा बताउछिन् ।उनले अहिले उक्त व्यवसाय बाट घरखर्च चलाउने देखि बालबच्चाको शिक्षामा खर्च गर्दै बचत समेत गरेकी छिन।
656 Views
मदन भण्डारी राजमार्गमा कालोपत्रे सुरु
‘बसाहादेखि चुहाडे खण्डमा यसै वर्ष कालोपत्रे गरी सक्ने गरी तयारी हुँदै छ ।’
मदन भण्डारी राजमार्ग धरान–चतरा–सिन्धुली–हेटौँडा सडक पूर्वी खण्डअन्तर्गत उदयपुर क्षेत्रमा कालोपत्रे बिछ्याउन सुरु गरिएको छ । गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे बिछ्याउन थालिएको हो । परीक्षणका रूपमा यस सडकखण्डमा कालोपत्रे सुरु गरिएको धरान–चतरा–सिन्धुली–हेटाैंडा सडक आयोजना पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए ।
656 Views
बिधुतको सुबिधा नपुग्दा मट्टितेलबाट बल्ने टुकी मै सिमित
प्राबिधिक बिकासको क्षेत्रमा बिश्वोले फड्को मार्दा पनि नेपालमा भने कैयौ गाउका जनताहरु बिधुतको सुबिधा नपुग्दा अझै पनि मट्टितेलबाट बल्ने टुकी मै सिमित छन
मट्टितेलबाट बल्ने टुकी एक नवीकरणिय उर्जा हो | यो विशेष गरी तराई तथा पहाडी जिल्लाका मानिसहरुले प्रयोग गर्छन् । यो उपयोगी मात्र नभएर यसले खर्च पनि कम गराउछ | यसलाई बाल्नको लागि एउटा टुकी र मट्टितेल भए पुग्छ यसै कारणले जहाँ उर्जाको पहुच छैन त्यस्तो ठाउँमा मट्टितेलबाट बाल्ने टुकीको प्रचलन बढ्दो रहेकको पाइन्छ ।
667 Views
नेपाल नविकरणीय उर्जा परिसंघ र नेपाल नगरपालिका संघ बिच समन्वय र सहकार्यका लागि समझदारी
नेपाल नविकरणीय उर्जा परिसंघ र नेपाल नगरपालिका संघ बिच सहयोग र सहकार्यका लागि आज समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य बुधबार सम्पन्न भएकोछ
यस समझदारी पत्रले नेपालभरिका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा नविकरणीय उर्जाका प्रविधिहरुको विकास तथा विस्तार गरी ग्रामीण जनतामा आधुनिक उर्जाको पहुँच पु¥याई गरिबी निवारण गर्ने गतिविधिमा टेवा पु¥याउन समझदारी पत्रका दुबै पक्षहरु बीचको संस्थागत सहकार्य गर्नका लागि मार्ग प्र्रशस्त गर्दछ ।
719 Views
परिसंघ र महासंघबीच सहकार्य गर्ने समझ्दारी
नवीकरणीय ऊर्जा परिसंघ नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच समझ्दारी भएको छ । एक अर्काको व्यवसाय प्रवद्र्धन तथा नीतिगत विषयमा सहकार्य गर्ने र साना तथा घरेलु उद्योगको स्थापना, प्रवद्र्धनका क्रममा नवीकरण ऊर्जाको प्रयोगलाई प्राथमिकता दिँदै संघीय संरचनामा नवीकरण ऊर्जाको प्रवद्र्धनमा सहयोग गर्ने विषयमा समझ्दारी भएको छ
713 Views
हरित जलवायु कोष लगानीमा बाटो खुल्यो
सरकारले कोषका लागि नेपालको तर्फबाट केन्द्र र राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई सिफारिस गरेकोमा सोमबार मात्र केन्द्रलाई छनोट गरेको छ । “नेपालमा जलवायुको असरलाई न्यूनीकरणका लागि जलावायु अनुकुल सम्बन्धी परियोजनामा लगानीका लागि सानो (स्मल) तर्फ लगानी गर्नका लागि हरित कोषले केन्द्रलाई छनोट गरेसँगै लगानीको ढोका खुलेको छ
504 Views
कानुन मिचेर वैकल्पिक ऊर्जामा कार्यकारी निर्देशक सिफारिस गरेको खुलासा
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा विद्यमान नियम कानुन र पद्धति मिचेर कार्यकारी निर्देशक नियुक्ति गर्न सिफारिस गरेको तथ्य बाहिर अएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफूअनुकूल कानुनको व्याख्या गराएर काम गरेको पाइएको हो । प्राप्त तथ्य र कागजातअनुसार केन्द्रको गठन आदेशको व्यवस्था तथा प्रचलित अभ्यास मिचेर नामावली सिफारिस गरिएको छ...
427 Views
२१औ सताब्दि सम्ममा पनि बिजुलीको अभाब
विश्वमा technology को निकै विकास भएता पनि नेपालमा बिजुली बत्तीको नै विकास हुन सकेको छैन भने नेपाल कसरी अगाडि बढ्छ ।
नेपाल विश्वमा जल श्रोतको दोश्रो धनी देश मानिन्छ तर पनि नेपालमा अझै पनि धेरै ठाउॅहरूमा बिजुली बत्ती पुगेको छैन भन्दा अचम्म लागेर आउॅछ । नेपालको बिकॅट ठाउॅहरूमा बिजुली पुगेको छैन । नेपालीहरू २१औं शताब्दीमा पनि अन्धकारमा जीवन बिताई रहेका छन् । देशको कुनाकुनामा बिजुलीको अभाव छ । त्यसले साधारण व्यक्तिलाई मात्र होइन, विधार्थीलाई पनि धेरै नै असर पारेको छ । नेपालमा धेरै कुराको विकास भए तापनि अझै कमी कमजोरीहरु छन् ।
577 Views
ट्राउन माछा पालन बाट आत्मनिर्भर बन्दै नुवाकोट का किसानहरु
शुरुमा दस जना मिलेर शुरुवात गरेको व्यवसाय अहिले तीस जना युवालाई प्रत्यक्ष रुपमा रोजगार दिई उनिहरुको जिविको पार्जनमा सहयोग पुर्याएको छ।
पर्यटनकिय स्थल ककनीमा ट्राउन माछा पालनको व्यवसाय फस्टाउदै गएको छ। यो क्षेत्र ट्राउट माछा पालनको लागि जिल्लाकै केन्द्र विन्दु बनेको छ। पाँच वर्ष अगाडि करिब दुई लाखको लगानीमा माछा पालन व्यवसाय शुरु गरेको श्याम तामाङले अहिले भने करिब दस लाखको हाराहारीमा आफ्नो व्यवसाय संचालन गर्दै आउनु भएको छ। 'शुरुमा लगानी गर्नका लागि पैसाको अभाव भएकोले मैले जिल्ला कृषि विकास बैंकबाट जग्गा धितो राखी दुई लाख रुपैया रिण लिए र यो व्यवसाय शुरु गरे।
721 Views
''बाटो निर्माण हुँदा स्थानीयवासीको उत्साह ''
बाटो नबनेका कारण बिरामी ,सुत्केरी महिला ,गर्भवती महिलालाई अस्पताल पुर्याउनका लागि समेत दु:खको सामना गर्दै आएपछि त्यो सास्ती बाट मुक्ति पाएको स्थानीयवासीको भनाइ
नुवाकोट ,बिदुर महानगर पालिका ६ बुनिबेसी रामहरि अर्याललाई घर अगाडि रहेको बाटो निर्माण नहुदा समस्य थियो । बाटो निर्माण नहुदा उहाँलाई दैनिक आवत जावत गर्नका लागि समस्या हुने गरेको थियो ।बाटो मर्मत सम्भार नभएकै कारण गाउँबस्तीमा कोहि ब्याक्ती बिरामी परिहाले तत्काल अस्पतालसम्म पुर्याउनका लागि समस्या हुने गरेको थियो तर अब उहाँले त्यो समस्या बाट मुक्ति पाउने हुनुभएको छ
1130 Views
स्थानीयवासीको रकम सङ्कलनद्वारा बाटो निर्माण
यहाँ एम्बुलेन्स समेत सञ्चालन गर्न सक्ने बाटो नहुदा सुत्केरी ब्याथा लाग्दा र स्थानीय बिरामी पर्दा डोको र स्टेचरमा बोकेर घन्टौं हिडेर बजार पुर्याउनुपर्ने असहज परिस्थिति थियो ,तर बाटो बनेपछि त्यो दुख समाप्त हुने अपेक्षा गरिएको छ ।
नुवाकोट तल्लो हिलेका स्थानीयवासीले रकम सङ्कलन गरेर दाङ्सिङ हुँदै तल्लो हिले जोड्ने सडकखण्ड निर्माण गरेका छन्। २५ घर परिवारबाट प्रति घर परिवार २४ हजार रुपैयाँका दरले रकम सङ्कलन गरि पाँच किलोमीटर बाटो निर्माण गरिएको स्थानीय अगुवा राजन अधिकारीले बताउनु भयो। मुल सडकदेखि केही टाढा रहेको तल्लो हिले गाउँका स्थानीयले गाविस ,सङ्घसङ्स्था तथा विभिन्न राजनीतिक दलसग पटक पटक हार गुहार गर्दै आएको भए पनि कसैले नसुनेपछि स्थानीयले प्रति घर धुरी रकम सङ्कलन गरेर उक्त सडक खण्डको निर्माण गरेका हुन ।
478 Views