News

कर्णाली प्रदेश सरकारले सुरु गर्यो कर्णाली उज्यालो’ कार्यक्रम
कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयन भएको छ

माघ ९, २०७६

काठमाडौँ / कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयन भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया शुरु भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेत र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

    उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यान्वयन ईकाई स्थापना गर्ने र प्राविधिक सहयोग वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलव्ध गराउने केन्द्रका कार्यक्रम संयोजक दिपक पौड्यालले जानकारी दिए ।कार्यक्रम कार्यान्वयनको पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पुरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ । ती आयोजना सम्पन्न गर्न प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमबाट बजेट व्यवस्था गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेतले बताइन् ।हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीका ग्रामीण क्षेत्रमा राष्ट्रिय विद्युत प्रशारण लाईन विस्तार गर्न केही समय लाग्ने भएकोले लघु तथा साना जलविद्युत आयोजनाको निर्माण आवश्यक रहेको बताए मुख्यमन्त्री शाहीले यसअघि राज्यको करोडौं बजेट लगानी भएका तथा केही आर्थिक तथा प्राविधिक सहयोगको अभावमा निर्माण हुन नसकेका आयोजनामा लगानी गर्दा राज्यले गरेको लगानी खेर नजाने र जनताले पनि छिटो उज्यालो पाउने भएकोले प्रदेश सरकार त्यस्ता आयोजनामा लगानी गर्न तयार भएको बताए ।

  कर्णाली उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले कार्यक्रम कार्यान्वयनमा ढिलासुस्ती र लापरवाही नगर्न निर्देशन दिए । कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि ५० करोड ९ लाख वजेट विनियोजन भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका लेखाअधिकृत विनोद प्रधानले जानकारी दिए । यसैगरि कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधि समेत स्वीकृत भइसकेको छ ।-रातो पार्टी बाट साभार 

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All