News

विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण हुँदै
५० ठाँउमा चार्जिङ स्टेशन निमार्णका लागि ठेक्का प्रकिया सुरु

   शुक्रवार, पुष ११, २०७६

 काठमाडौ/सरकारले विद्युत्बाट चल्ने सवारीसाधनलाई लक्षित गरी चार्जिङ स्टेशन निर्माणको कामलाई तिव्रता दिएको छ । सरकारले विद्युतीय गाडीहरुको प्रयोगलाई उच्च प्राथमिकता दिइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले त्यस्ता सवारीसाधनलाई लक्षित गरी देशै भर चार्जिङ स्टेशन निर्माणलाई तिव्रता दिएको हो । त्यसका लागि विद्युत् प्राधिकरणले ठेक्का प्रकिया समेत सुरु गरिसकेको उर्जा सचिव दिनेशकुमार घिमिरे जानकारी दिए ।
    प्राधिकरणले सवारी साधनको आवागमन भइरहने नेपालका मुख्य शहरभित्रका मूल सडक तथा मुख्यमुख्य राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेस्टुराँको पार्किङस्थल उपयुक्त हुने जनाएको छ । सरकारले सन् २०२० सम्म कम्तिमा २० प्रतिशत सवारी साधन विद्युतीय बनाउने लक्ष्यका साथ गत वर्षको पुसमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो ।तर, हाल जडित स्टेशनमा साना गाडीले मात्रै चार्जिङ गर्न मिल्ने भएकाले सरकार अन्य ठाँउमा पनि थप गर्न प्रकिया अगाडी बढाएको हो । उर्जा सचिव घिमिरेले ठूला विद्युतीय बसका लागिसमेत हुने गरी ५० ठाँउमा चार्जिङ स्टेशन नमार्णको लागि प्रकिया अगाडी बढेको बताए । “अब बन्ने चार्जिङ स्टेसनमा ठूला सवारी साधन पनि चार्ज गर्न मिल्ने व्यवस्था मिलाउँछौं ।” उनले भने ।

सरकारले लिएको महसुल भन्दा २० प्रतिशत बढी लिन पाउने गरी निजी क्षेत्रलाई चार्जिङ स्टेशन खोल्न आग्रह गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले तयार पारेको विद्युतीय गाडी स्टेशनहरुको स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि अनुसार त्यस्ता स्टेशनहरुले तीन प्रकारका महशुल लिन पाउने छन् । उक्त कार्यविधि अनुसार साझको समयमा ९ रुपैयाँ ५० पैसा, दिउसो ७ रुपैयाँ ५० पैसा र राती ४ रुपैयाँ महसुल निधारण गरेको छ ।  - कारोवार 

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All