News
सडक कालो पत्रे गर्ने काम धमाधमकाठमाण्डौं देखि ककनि हुदै नुवाकोट जोड्ने सडक कालो पत्रे हुने भएको छ ।

लक्ष्मी राई, असाढ २५,काठमाण्डौं / काठमाण्डौं देखि ककनि हुदै नुवाकोट जोड्ने मुख्य सडक खण्ड कालो पत्रे हुने भएको छ । प्रदेश सरकारले यस आर्थिक बर्षको लागि सडकको चौडा नाला माटो ढुङगा कटिङ र पर्खाल निर्माणको लागि बजेट बिनियोजन गरेको छ ।
सडक विभागले गत वर्ष काठमाण्डाैं देखि नुवाकोट जोड्ने मुख्य सडक खण्डको डिटेल प्रोजेक्ट रिपोर्ट तयार पारेको थियो । सोहि डिपिआरको आधारमा प्रदेश सरकारले सडक निर्माणको लागि बजेट छुट्याएको हो । प्रयटकिए क्षेत्र ककनि जोड्ने यस सडकले नुवाकोट गाउँपालिका वासिका लागि निकौ ठुलो सुविधा हुनेछ । प्रदेश को भौतिक पुर्वाधार विकास मन्त्रालए यातायात पुर्वधार निर्दसनालए पुर्वधार विकास कार्यलयले यस आर्थिक बर्षमा सडक निर्माणको लागि २ करोड रुपैया विनियोजन गरिएको नुवकोट न्युजलाई बताए । उनका अनुसार यस बर्ष २६ किलोमिटर सडकमा नालि निर्माण र बाटो कटिङ, पर्खाल निर्माण लगाएतका काम हुने बताइएको छ । काठमाण्डौं देखि नुवकोट जोड्ने करिब ३० किलोमिटर सडक रहेको छ । नुवाकोटको विभिन्न सडक खण्ड धमाधम काले पत्रे भइरहेको छ । -प्रशिक्षार्थी पत्रकार
comments powered by Disqus