ShareMarket

रसुवागढी र सान्जेनका शेयर आवेदकहरुको हात खालि नहुने
रसुवागढी हाइड्रोपावरमा आवदेन दिनेहरुले न्युनतम ३० कित्ता र अधिकतम ४० कित्ता शेयर पाउने छन् भने सान्जेन जलविद्युतको आइपिओमा न्युनतम १० कित्ता र अधिकतम २० कित्तासम्म शेयर पाउने छन्

बिजय के सी

 २०७६ वैशाख १४ गते,काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेहरुको काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेहरुको हात खालि नहुने भएको छ । यी दुई कम्पनीले आफ्नो आईपोकोमा परेका सबै आवेदकमा न्युनतम १० कित्ता देखि ३० कित्ता सम्म शेयर वितरण गर्न लागेको हो ।  जस अन्तरगत रसुवागढी हाइड्रोपावरमा आवदेन दिनेहरुले न्युनतम ३० कित्ता र अधिकतम ४० कित्ता शेयर पाउने छन् भने सान्जेन जलविद्युतको आइपिओमा न्युनतम १० कित्ता र अधिकतम २० कित्तासम्म शेयर पाउने छन् ।  रसुवागढीको प्राथमिक शेयरमा तीन लाख दुई हजार ५८१ जनाले एक करोड ७१ लाख कित्ताकोलागि आवेदन दिएका छन्। कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ताशेयर निष्काशन गरेको थियो।आवेदन दिने जति सबैले क्रमशः ३० कित्ताका दरले शेयरबाडभाड गरिने छ । त्यसबाट बाँकी रहनआउने दुई लाख ६२ हजार कित्ता शेयर पुनः लक्की ड्र मार्फत २६ हजार २०३ जनालाई १० कित्ताको दरले शेयर थपिने कम्पनीले जनाएको छ । 

  यता सान्जेन जलविद्युतको प्राथमिक शेयरमा तीन लाख ५२० जनाले एक करोड ३१ लाख कित्ताको लागि आवेदन परेको छ। कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५०कित्ताको शेयर निष्काशन गरेको थियो।आवदेन दिने जति सबैले १० कित्ता अनिवार्य पाउने छन्। आवेदन दिने जति सबैलाई १० कित्तानशेयर बाँडफाँड गरे पछि बाँकी रहेको १९ लाख ७७ हजार कित्ताको लागि एक लाख ९७ हजारजनाले थप १० कित्ता शेयर पाउन सक्ने छन्।कम्पनीले न्युनतम १० कित्ताको लागि आवदेन दिने व्यवस्था गरेको हुँदा थप १० कित्ता शेयर पाउनेको संख्या बढ्न सक्नेछ। कम्पनीले यस अगाडि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारीरुको लागि शेयर बिक्री गरिसकेको छ।यस अगाडि शेयर खरिद गरिसकेकाले सर्वसाधारण तर्फको शेयर पाउदैनन्। दोहोर्याएर आवदेन दिएका शेयरधनीहरुलाई हटाउदा थप १० कित्ता शेयर पाउने सम्भावना बढ्नेछ।  

   मेरो शेयरम समस्या देखिएको भन्दै केही व्यक्तिले नेपाल धितोपत्र बोर्डमा गएर गुनासो गरेपछि बोर्डले थप दुई दिनका लागि सयम थप गरेको थियो।दुबै आयोजनाले दुई दिन समय थप गर्दा आवदेन दिनेको संख्या ३६ हजारले थप भएका छन्। प्रशिक्षार्थी पत्रकार  

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All