News

देशभरिका आयोजनाबाट आउदो बर्षहरुमा बिजुली उत्पादन वृद्धि हुने
आगामी वर्ष पनि ७०० मेगावाट बिजुली थप हुने विद्युत प्राधिकरणको अनुमान छ

माया पुन

 २५ फागुन, काठमाडौं । आउँदो ३ वर्षमा ३ हजार मेगावाट बिजुली पुग्ने भएको छ । सार्वजनिक र निजी साझेदारबाट झण्डै दुई दर्जन आयोजना सम्पन्न भई विद्युत उत्पादन ३ हजार मेगावाट पुग्ने भएको हो ।३ वर्षमा २ हजार मेगावाट बिजुली थप गरी सरकारले यो लक्ष्य पुरा गर्ने लागेको हो । हाल जडित क्षमता १ हजार १०० मेगावाट पुगेको छ । सरकार, नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरु तथा निजी क्षेत्रबाट लक्ष्य पुरा हुनेछ । आउँदो ३ वर्षभित्र सम्पन्न हुन आयोजनामा राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना रहेको छ । सम्पन्न हुन लागेको यो सबैभन्दा ठुलो आयोजना हो । यो आयोजना आउँदो आर्थिक वर्ष २०७५÷७६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ३ वर्षमा विद्युत प्राधिकरणको लगानीमा ६० मेगावाटमा माथिल्लो त्रिशुली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो र २५ मेगावाटको सोलार समेत गरी ९९ मेगावाट बिजुली थप हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । विद्युत प्राधिकरणअन्तर्गतका यस्तै सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी र ३७ मेगावाटको त्रिशुली ३ बी आयोजना सम्पन्न हुनेछन् ।यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, २० मेगावाटको मोदी, २१ मेगावाटको तल्लो हेवाखोला, २२ मेगावाटको अपर चाकु ए, ४० मेगावाटको खानीखोला, २७ मेगावाटको दोर्दीखोला, ४२ मेगावाटको मिस्त्री खोलालगायत साना र ठुला गरी डेढ दर्जन आयोजना सम्पन्न हुनेछन् ।

  यी आयोजना सम्पन्न भएपछि भारतबाट बिजुलीको आयात बन्द हुने छ । लोडसेडिङ् हटाउन भारतबाट ५०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । विद्युत क्षेत्रको समग्र विकास गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाउन, देशभित्र खपत हुने ऊर्जाका अन्य स्रोतहरुलाई विद्युतीय ऊर्जाले विस्थापित गरी व्यापार घाटा कम गर्न, उत्पादित विद्युत ऊर्जाको आन्तरिक तथा बाह्य बजार विस्तार गर्न तथा आम जनतामा विद्युत ऊर्जाको पहुँच बढाउने सरकारको योजना छ ।

   चालु आर्थिक वर्षमा ढेढ दर्जन आयोजना सम्पन्न भई १९४ मेगावाट बिजुली थप हुदैछ । आगामी वर्ष पनि ७०० मेगावाट बिजुली थप हुने विद्युत प्राधिकरणको अनुमान छ । प्रशिक्षार्थी पत्रकार  

 

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All