Article

नवीकरणीय ऊर्जा विकास र निजी क्षेत्रको भूमिका
सरकारले अबको तीन वर्षमा ५ हजार मेगावाट, ५ दश वर्षमा १० हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको । ऊर्जा सुरक्षाका लागि ऊर्जा मिश्रणको अवधारणा पनि अघि बढाइएको छ । उत्पादित बिजुली खपत गर्न गार्हस्थ प्रयोग, उद्योग कलकारखाना र यातायातलाई लक्ष्य बनाउने नीति लिएको देखिन्छ । इनर्जी बैंकिङ र बिजुली निर्यात गर्न सकिने सम्भावनाले पनि मूर्त रूप लिने विश्वास जागेको छ । वैकल्पिक ऊर्जाको रूपमा नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन र विकासमा नेपालले विशेष लगानी गर्दै आएको छ । र, उल्लेखनीय उपलव्धि हासिल गर्न सफल पनि भएको छ । मुलुकको आफ्नै लगानी र दातृ निकायको प्राविधिक र आर्थिक सहयोगबाट ठूलो उपलव्धि हासिल गर्न सफल भएको छ । सरकारले २२ वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र स्थापना गरेर यसमार्फत काम गरिरहेको छ

विगत २ दशकदेखि वैकल्पिक ऊर्जा प्रविधिको रूपमा विस्तार हुँदै आएको नवीकरणीय ऊर्जा विकास वर्तमान परिप्रेक्ष्यमा अझ विकसित हुने अवस्थामा आइपुगेको छ । हालै  राष्ट्रपति र प्रधानमन्त्रीले  पोल्याण्डको कोटेबिची र स्विट्जरल्यान्डको डाभोसमा गर्नुभएको कोप  २४ तथा विश्व आर्थिक मञ्चको सम्बेधन यस सन्दर्भमा अर्थपूर्ण मान्न सकिन्छ । दक्षिण एसियामै अंगिकार गरिएको दिगो विकास लक्ष्य तथा नेपालले अवलम्बन गरेको सबैका लागि दिगो ऊर्जा, सबै घरमा स्वच्छ भान्छा जस्ता कार्यक्रमबाट नवीकरणीय ऊर्जाको दायरा फराकिलो हुँदै गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत बैशाख २५ गते जारी गरेको श्वेतपत्रमा उल्लेखित हरेक घर ऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती, नवीकरणीय ऊर्जा दशक २०७५–२०८५ नीति निर्माणका कोसे ढुंगा हुन् । हरेक घरका भान्छामा बिजुली चलाउने व्यवस्थाको थालनी हुँदैछ । सरकारले अबको तीन वर्षमा ५ हजार मेगावाट, ५ दश वर्षमा १० हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको । ऊर्जा सुरक्षाका लागि ऊर्जा मिश्रणको अवधारणा पनि अघि बढाइएको छ । उत्पादित बिजुली खपत गर्न गार्हस्थ प्रयोग, उद्योग कलकारखाना र यातायातलाई लक्ष्य बनाउने नीति लिएको देखिन्छ । इनर्जी बैंकिङ र बिजुली निर्यात गर्न सकिने सम्भावनाले पनि मूर्त रूप लिने विश्वास जागेको छ । वैकल्पिक ऊर्जाको रूपमा नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन र विकासमा नेपालले विशेष लगानी गर्दै आएको छ । र, उल्लेखनीय उपलव्धि हासिल गर्न सफल पनि भएको छ । मुलुकको आफ्नै लगानी र दातृ निकायको प्राविधिक र आर्थिक सहयोगबाट ठूलो उपलव्धि हासिल गर्न सफल भएको छ । सरकारले २२ वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र स्थापना गरेर यसमार्फत काम गरिरहेको छ । यसमा निजी क्षेत्रले उपलव्ध गराएको परामर्श सेवा, आपूर्ति, जडान, बिक्रीपछिको सेवा विशेष उल्लेखनीय छ । सरकारका विभिन्न निकायको नेतृत्व तहमा जागरिला, अनुभवी र विज्ञ व्यक्तित्व नियुक्ति गरिएको छ । यस परिप्रेक्ष्यमा नवीकरणीय ऊर्जा क्षेत्रले नयाँ उचाई छुने पूर्वानुमान गर्न सकिन्छ । यसका लागि हातेमालो गर्न निजी क्षेत्र तयार भइसकेको छ । तर, केही चुनौती देखिएकाले सरकारी निकाय गैरसरकारी संघ संस्था, निजी क्षेत्रका उद्यमी व्यवसायी एक जुट हुनुपर्ने समय आएको छ । आफूले उपलब्ध गराएको परामर्श, बिजुली आपूर्ति, जडान, बिक्रीपछिका सेवाका लागि कटिबद्ध रहेको निजी क्षेत्रले सबै तहका सरकारका साथ समन्वय र सहकार्य गर्न इच्छुक छ । यसका लागि केन्द्रको उचित सहयोगको अपेक्षा गरेको छ । परिसंघ आफै पनि सबै तहका सरकारका साथ नवीकरणीय प्रविधिमा सबैको पहुँच पुर्याई सदुपयोग गर्न प्रयासरत छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल नगरपालिका संघसँग सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । नेपाल राष्ट्रिय गाउँपालिका महासंघका साथ पनि सहयोग र सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । पछिल्ला वर्षमा नवीकरणीय ऊर्जा प्रविधि उपयोगमा नयाँपन आइसकेको छ । घरेलु क्षमताका प्रणालीको उयोगिता पनि बढेको छ । उपयोगिता विविधिकरण हुन थालेको छ । जस्तो कि ठूला बायोग्यास प्लान्ट, नगरपालिकाका लागि फोहरसमेत उपयोग हुने बायोग्यास प्लान्ट निर्माण हुँदैछन् । यसैगरी, मेगावाट बिजुली उत्पादन हुने सोलार पिभी प्लान्ट, नेटमिटरिङ राष्ट्रिय प्रसारण लाइनमा जोडने, सिँचाइ तथा खानेपानीका लागि सोलारपम्पको विकास हुँदैछ । लघुजलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडने, सय किलोवाटसम्मका आयोजना लघुजलविद्युत आयोजना सरह विभिन्न सुविधाबाट निर्माण गर्न सकिने व्यवस्था भएको छ । सोलार र वायुबाट संयुक्तरूपमा उत्पादन गर्ने हाइब्रिड प्रविधि, सुधारिएको चुल्होको उपयोगमा नयाँ प्रयोग, बिजुलीबाट भान्छामा खाना पकाउने सुविधा सकारात्मक पहल हुन् । उल्लेखित सबै तहमा निजी क्षेत्रको सहज पहुँच हुनुपर्छ । र, कागजी प्रक्रिया पनि सरल हुनुपर्छ । यसका लागि विशेष गरी सरकारी निकाय संवेदनशील र सहनशील हुनु आवश्यक छ । विभिन्न प्रक्रिया अनिवार्य थपिँदा नवीकरणीय ऊर्जाको लागत बढेको छ । र, अझै बढने देखिन्छ । यसबाट वितृष्णा उत्पन्न हुन सक्ने भएकाले समयमै आवश्यक व्यवस्था गनर्सपर्ने देखिन्छ । अनुदानको अनुपात कतिपय ठाउँमा कम देखिएको छ । कतिपय साना उपभोक्ताले त्यस्ता प्रणाली खरिद गर्न ऋण लिन्छन् । तर, चर्को ब्याजका कारण परिणाम नकारात्मक हुने गरेको छ । अर्कोतिर, उद्यमी व्यवसायीले ठूला प्रणाली विकास गर्न न्यूनतम स्वपूँजीको व्यवस्था गर्न नयाँ योजना र उपयोगिताको प्रावधान विकास गर्नुपर्ने भएको छ । हामी सबैले देखेको उज्ज्वल भविष्य साकार पार्न विभिन्न तह तथा क्षमता विधामा अभिवृद्धिका कार्यक्रम आवश्यक भएको छ । प्राविधिक, प्राशासनिक र आर्थिक पक्षमा सरोकारवालको क्षमता विकास गर्न विश्वविद्यालय, व्यवहारिक शिक्षण संस्था, निजी क्षेत्रका विज्ञ तथा व्यवसायीको ज्ञान र सीप उपयोग गर्न उचित व्यवस्था गर्नु आवश्यक छ । आर्थिक पक्षको सवलताका लागि कम ब्याजको ऋण उपलव्ध गराउन बैंक, लघुवित्तीय संस्थालाई आवश्यक नीति नियम र पुँजीको स्रोतमा पहुँचको व्यवस्था गरिनुपर्छ । वातावरण, प्रदुषण, जलवायु परिवर्तन, कार्बन ब्यापार, कार्बन क्रेडिटलगायत शीर्षकमा सरकारले प्राप्त गरेका र संकलन गरेका कोषको पनि सदुपयोग गर्न आवश्यक छ । केन्द्रीय नवीकरणीय ऊर्जा कोषको कार्यक्षेत्रमा पुनर्विचार गर्दै ग्रिन क्लाइमेपट फण्ड पनि आउने सन्दर्भमा समुचित लगानी व्यवस्थापन गर्नुपर्छ । साथै, प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा निजी क्षेत्रको भूमिका जोड्न जरुरी छ । डिप्राइभ्ड सेक्टरका लागि छुट्याइनेछ कोषमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट गरिब, एकल महिला वा महिला मूली रहेका घरधुरी, सिमान्तकृत समुदायलाई गरिबी निवारण, आय आर्जन र आर्थिक समाजिक उत्थानको अवसर सिर्जना गर्न प्रचलित सेवा सुविधाको प्रावधान परिमार्जन गर्नुपर्छ । यसका लागि सरकारी निकाय इच्छुक हुनुपर्नेछ । र, निजी क्षेत्रको तर्फबाट परिसंघले सरोकावाला, प्राज्ञ, प्रबुद्ध, विज्ञ व्यवसायीका साथै सञ्चारमाध्यामले निरन्तर पहल गर्ने नै छ । उपरोक्त विषयमा उचित डाटा बेस तयार गर्नु आवश्यक छ । साथै, प्रविधिको उच्चतम उपयोग, लगानी व्यवस्था, खरिद प्रक्रिया सुधार र जनशक्ति व्यवस्था गर्न उपयुक्त अध्ययन अनुसन्धान हुनुपर्छ । यसको समुचित व्यवस्थापनले नवीकरणीय ऊर्जा प्रविधिको विकासलाई थप नयाँ उचाईमा पुर्याउने विश्वास गर्न सकिन्छ । ढकाल, नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष हुन् ।

स्रोतः उर्जा खबर

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All