International News

ओलीको ‘पानीजहाज सपना’ जोडिएको जलमार्ग मोदीले उद्घाटन गर्दै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बनारसमा एक महत्वाकांक्षी योजनाको लागि पुगेका छन् । जहाँ उनी दुई विशाल भनिएका जलमार्ग योजनाको उद्घाटन गर्ने छन् ।

बुधबार, २८ कार्तिक २०७५

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बनारसमा एक महत्वाकांक्षी योजनाको लागि पुगेका छन् । जहाँ उनी दुई विशाल भनिएका जलमार्ग योजनाको उद्घाटन गर्ने छन् ।

 ‘मल्टी मोडल टर्मिनल’ नाम दिइएका दुई योजना उद्घाटनसँगै मोदीको योजनासँग बृहद अपेक्षा पनि गरिएको छ । जब कि, यी मार्ग गंगा नदी हुँदै ब्यापारिक मार्गको नयाँ र भारतकै सर्वाधिक लामो ब्यापारिक मार्ग हुन् ।

प्रयागराज–हल्दिया जलमार्गको पूरा दूरी १ हजार ६ सय २० किलोमिटर छ । जुन परियोजना सम्पन्न भएपछि भारतकै अहिलेसम्मको सबैभन्दा लामो जलमार्ग हुने छ ।

स्मरणीय के छने, ब्रिटिश सरकारबाट भारत स्वतन्त्र हुनुअघि सोही मार्गलाई सामान ढुवानीको लागि प्रयोग गरिन्थ्यो । सन् १९८६ मा दोस्रो पटक तत्कालिन भारत सरकारले उक्त योजनालाई सुरु गर्न खोजे पनि मोदी सरकारले उक्त परियोजनालाई ब्यूँताउन खोजेको हो ।

 

यस योजनासँगै भारतका चार राज्य पश्चिम बंगाल, झारखण्ड, बिहार र उत्तर प्रदेश प्रत्यक्ष रुपमा जोडिने छन् । ती चार राज्यमा २० टर्मिनल राखिएको यस जलमार्गको क्षमता १२ लाख टन हुने बताइएको छ ।

यसअघि नै भारत सरकारले वाटर–वे २०१६ को नीति वमोजिम देशका १ सय ११ जलमार्गलाई राष्ट्रिय जलमार्ग घोषणा गरिसकेको छ । जसको कुल लम्बाइ १४ हजार ५ सय किलोमिटर छ । यी सबै जलमार्ग सम्पन्न हुँदासम्म ६० हजार मानिसले रोजगारी पाउने सरकारले बताएको छ ।

नेपालको पानी जहाज योजना :
भारतको महत्वाकांक्षी जलमार्ग योजनासँगै नेपाल, चीन, बंगलादेश समेत जोडिने बताइएको छ । खासगरी नेपालमा केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि ‘छिट्टै पानी जहाज ल्याइने छ’ भनी घोषणा गरेका थिए ।

ओलीको ‘पानी जाहाज ल्याउने’ घोषणा भारतीय जलमार्गको योजनासँग सम्बन्धित छ । भारतको जलमार्ग योजना जति चाँडै सम्पन्न भयो नेपालमा पानी जहाज ल्याउने योजना पनि उत्तिकै चाँडो सम्पन्न हुने पनि अपेक्षा गरिएको छ ।

यसअघि नै नेपालको प्राविधिक टोलीले भारतको गंगा नदी (एनडब्लू–१)को निर्माणाधीन कोलकाता हल्दिया–वाराणसी जलमार्गको अध्ययन गर्ने बताइएको छ । यस्तै भारतीय पक्षको विशेषज्ञ टोलीले नेपालतर्फ कोसी तथा नारयणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुबै पक्षबीच छलफल गर्ने सहमति भइसकेको छ । यी पहल मूलतः नेपालमा पानी जहाज ल्याउनका लागि लक्षित छन् ।

अन्नपूर्ण पोस्ट वाट साभार

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All