Interview

यस्तो बन्यो बिजुली बजारमा नेटवर्क आर्क ब्रिज,
२०७५ असर १९
काठमाणडौ /बिजुली बजारमा बन्दै गरेको नेपालमै पहिलो पटक नेटवर्क आर्क ब्रिजको ४० प्रतिशत काम सकिएको छ । सो पूल १३ करोड १३ लाख ८५ हजार लगानीमा जेई कन्स्ट्रक्सनले निर्माणको काम लिएको हो ।

हालसम्म पूल निर्माणमा ५ करोड ५८ लाख ७१ हजार रुपैयाँ खर्च भएको काठमाडौं सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजय लाल श्रेष्ठले जानकारी दिए ।

‘तलको ढलान सकिसकेको छ, आर्कको ढलान हुन बाँकी छ, यो सबै गर्न अझै २/३ महिना कुर्नु पर्छ, दशै अगाडी यो पूलमा गाडी गुडाउने हाम्रो लक्ष्य हो,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

उनले माथिको भाग ढलान हुन बाँकी रहेको बताएका छन् ।

यो पुल निर्माण सम्झौता २०७१ साल पुस १३ गते भएको थियो । यसलाई २०७५ पुस १३ गतेसम्ममा निर्माण गर्ने लक्ष्य लिइएको छ । उनले २ वर्ष टेन्डर डिजाइनमा नै खर्च भएको जानकारी दिए ।

‘यो बंगलादेशको डिपीएम कन्सल्टेन्टबाट डिजाइन चेक गरेर आएको हो, यस्तो पुल नेपालमै पहिलो पटक बनाउन लागिएकोले सुरुमा धेरै समस्या आयो, डिजाइकै लागि एक डेढ बर्ष सकियो,’ श्रेष्ठले भने ।

डिजाइन बनिसके पछि पनि खानेपानीका पाइप, ढलका पाइप तथा टेलिफोन लगायका तारहरु हटाउनु परेकोले पनि समय लागेको उनको भनाइ छ । आर्क ढलान भएपछि नेटवर्क तारहरु पनि फिट गर्नु पर्ने उनले बताए ।

अहिले बिजुली बजारबाट बबरमहल तर्फ जादा देब्रेतर्फ पुल बनिरहेको छ । देब्रेतिरको पूल बनेर गाडी संचालन हुन थालेपछि दाहिने तर्फ पनि यस्तै पूल बनाइने छ । दाहिने तर्फको पूल दशै लगत्तै बनाउन थालिने उनले जानकारी दिए ।

तर, दाहिने तर्फको पुल बनाउन यति लामो समय नलाग्ने र करिब डेढ बर्षमै बन्ने उनको दाबी छ ।

‘एक तर्फ काम गर्दा हामीले दुबै तिरको सबै समस्याहरु हटाइसकेका छौं, त्यसैले एकडेढ वर्ष भन्दा धेरै समय लाग्दैन,’ श्रेष्ठले भने ।


  समाचार स्रोत-clickmandu
comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All