International News

गुजरातमा हावाबाट ४ हजार मेगावाट विद्युत उत्पादन

असार ६ गते

काठमाडौं।ऊर्जा उत्पादनका सबै स्रोतको उपयोग बढाउँदै आएको भारतले पछिल्लो समय हावाबाट ४ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गरेको छ । यो भारतको एउटै प्रान्तमा उत्पादित विद्युत हाे । गुजरातस्थित सौरस्ताको तटीय क्षेत्रमा बढी हावा चलेका कारण गत शुक्रबार हावाबाट ४ हजार २ सय ८० मेगावाट विद्युत उत्पादन भएको थियो । सामान्य दिनमा पनि यहाँ हावाबाट औसत ३ हजार ५ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने गरेको छ । उच्च क्षमतामा हावाबाट विद्युत उत्पादन हुँदा गुजरात ऊर्जा विकास निगमलाई विद्युतको माग पूरा गर्न खुला बजारमाथि निर्भर रहनु नपर्ने बताइएको छ । गुजरातमा कूल विद्युतको जडित क्षमता ५ हजार ५ सय ७४ मेगावाट हुँदा गत सोमबार साँझ हावाबाट उत्पादित विद्युत ३ हजार मेगावाटमा स्थिर रहेको थियो । ‘इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) ले कम उत्पादन गरिरहँदा हावाबाट उत्पादित बढी विद्युतले माग पूरा गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । ‘आइइएक्सले प्रतियुनिट भारु ४.२५ देखि प्रतियुनिट भारु ४.७० मा विद्युत बेच्ने गरेको छ । तर, गुजरात प्रान्तमा हावाबाट उत्पादित विद्युतको मूल्य भारु प्रतियुनिट ३.७६ पर्छ’, ऊर्जा विज्ञ केके बजाजले भने, ‘यस्तो अवस्थामा हावाबाट बढी विद्युत उत्पादनले राज्यलाई आर्थिक भार कम पर्छ ।’ विद्युत खरिद सम्झौता (पिपिए) गरेका दुई निजी कम्पनीका कारण निगमलाई खुला बजारबाट बढी विद्युत किन्न दबाब परेको थियो । यी कम्पनीमार्फत निगमले जुन १ मा ७ करोड २० लाख युनिटसम्म विद्युत किनेको थियो । तर, हावाबाट उत्पादित विद्युतको परिमाण बढेपछि जुन १७ मा खरिद घटेर २ करोड ३० लाख युनिटमा सीमित भएको थियो । 

श्रोत-ऊर्जा खबर

 

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All