International News

पाकिस्तानले २०१८ भित्र साढे ५ हजार मेगावाट विद्युत थप्दै

काठमाडौँ, २६ फागुन: दक्षिण एसियाको दोस्रो ठूलो अर्थव्यवस्था मानिएको पाकिस्तानले चालू वर्ष ५ हजार ७ सय ७० मेगावाट विद्युत प्रणालीमा थप गर्ने भएको छ । उसले २०१८ भित्र पूरा हुने ५ ठूला आयोजनाको विद्युत प्रणालीमा थप्न लागेको हो । लोडसेडिङ अन्त्य गर्न महत्त्वपूर्ण मानिएका यी आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । १३ सय ५० मेगावाटको साहिवाल कोल पावर प्लान्ट, १३ सय २० मेगावाटको पोर्ट क्वासिम पावर प्लान्ट, १५ सय मेगावाटको तर्बला-४, ९ सय ५० मेगावाटको निलुम जेलुम र ६ सय मेगावाटका २ परमाणु ऊर्जा संयन्त्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।

यस्तै, ग्यासबाट विद्युत उत्पादन हुने गुड्डु नादिपुर आयोजना पनि पूरा हुन लागेको सरकारी अधिकारीले बताएका छन् । यी सबै आयोजना २०१८ को मध्यसम्म पूरा गर्ने लक्ष्य छ । निर्माणाधीन ठूला आयोजना पूरा भएपछि अहिले व्याप्त ऊर्जा संकट अन्त्य हुने अपेक्षा गरिएको छ । माग अनुसारको आपूर्ति व्यवस्थापन नहुँदा पाकिस्तानले लामो समयदेखि लोडसेडिङको मार खेपिरहेको छ । अहिले सुख्खा याममा दैनिक ८ देखि १२ घन्टासम्म विद्युत कटौती हुने गरेको छ । सरकारले नियमति विद्युत उपलब्ध गराउन नसकेकै कारण धेरै उद्योग बन्द भएका छन् । १९ हजार ५ सय मेगावाट माग रहेको पाकिस्तानमा अझै ३ हजार ५ सय मेगावाट अपुग छ । १५ हजार ८ सय ८६ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ । निर्माणाधीन आयोजना लक्ष्यअनुसार पूरा भए बढ्दो लोडसेडिङ अन्त्य हुने अनुमान गरिएको छ ।

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All