News

मन्त्रीपरिषद्ले गरेका २० निर्णय

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्

    सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हाे ।

    183 Views

    कर्णाली प्रदेश सरकारले सुरु गर्यो कर्णाली उज्यालो’ कार्यक्रम

    कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयन भएको छ

      मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया शुरु भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेत र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

      487 Views

      विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण हुँदै

      ५० ठाँउमा चार्जिङ स्टेशन निमार्णका लागि ठेक्का प्रकिया सुरु

        सरकारले विद्युत्बाट चल्ने सवारीसाधनलाई लक्षित गरी चार्जिङ स्टेशन निर्माणको कामलाई तिव्रता दिएको छ । सरकारले विद्युतीय गाडीहरुको प्रयोगलाई उच्च प्राथमिकता दिइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले त्यस्ता सवारीसाधनलाई लक्षित गरी देशै भर चार्जिङ स्टेशन निर्माणलाई तिव्रता दिएको हो । त्यसका लागि विद्युत् प्राधिकरणले ठेक्का प्रकिया समेत सुरु गरिसकेको उर्जा सचिव दिनेशकुमार घिमिरे जानकारी दिए ।

        280 Views

        सडक कालो पत्रे गर्ने काम धमाधम

        काठमाण्डौं देखि ककनि हुदै नुवाकोट जोड्ने सडक कालो पत्रे हुने भएको छ ।

          काठमाण्डौं देखि ककनि हुदै नुवाकोट जोड्ने मुख्य सडक खण्ड कालो पत्रे हुने भएको छ । प्रदेश सरकारले यस आर्थिक बर्षको लागि सडकको चौडा नाला माटो ढुङगा कटिङ र पर्खाल निर्माणको लागि बजेट बिनियोजन गरेको छ ।

          884 Views

          ज्यान जोखिममा राखेर विजुलि ल्याउन अग्रसर

          सरकारी निकायबाट नहर बनाउन अप्रयाप्त आएको भन्दै स्थानिय वासिले आक्रोस व्याक्त गरेका छन्

            नुवाकोटका गाउँ घरमा विधुत् लाइन पूर्याउनलाई स्थानिय वासिन्दाहरु आफ्नो ज्यानको प्रवाह नगरी श्रमदानमा लागि परेका छन् । गाउँका युवा, युवति बुढापाका सबैजना कुटो कोदालो हँसिया घन आदि अ‍ैजार बोकेर हरेक दिन नहर खन्न लागि परेका छन् ।

            968 Views

            आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा

            प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले अब विकासले गति लिने दाबी गर्दै आएका छन् 

              आर्थिक वर्ष ०७६/७७ देशको १५औँ योजना कार्यान्वयनको पहिलो वर्ष हो । सरकारले १५औँ योजना अवधिभर आर्थिक वृद्धिदर औसत वार्षिक ९.२ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । ०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी–बबई सुरुङको ब्रेक थ्रु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भयो । निजी क्षेत्रले निर्माण गरेका दुई पाँचतारे होटेल मारियोट र सोल्टी पनि नयाँ वर्षको सुरुदेखि औपचारिक सञ्चालनमा आए ।

              942 Views

              गल्छी–रसुवागढी सडकको मुआब्जा वितरण

                नुवाकोट- गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक राष्ट्रिय गौरवको आयोजना को रूपमा विस्तार भइरहेको योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण सुरु गरिएको छ ।वि.सं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार पुस १ देखि सुरु भएको सडक स्तरोन्नति तथा विस्तारको काम एक वर्ष थपसहित ३३ महिनाभित्र वि.सं २०७६ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भयको हो ।

                923 Views

                काठमाडौ तराई जोड्ने द्रुतमार्ग सडकमा माटो काट्ने र भर्ने काम ७०% पुरा

                राष्ट्रिय गौरवको बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको काठमाडौ तराई जोड्ने द्रुतमार्ग सडकमा माटो काट्ने र भर्ने काम ७० प्रतिशत पूरा भएको छ : फास्ट ट्रयाकको कामले विकास समितिमा सेनाको प्रशंसा

                  राष्ट्रिय गौरवको बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको काठमाडौ तराई जोड्ने द्रुतमार्ग सडकमा माटो काट्ने र भर्ने काम ७० प्रतिशत पूरा भएको छ । संसदको विकास तथा प्रविधी समितिको शुक्रबार बसेको बैठकमा द्रुतमार्गको अवलोकन भ्रमण प्रतिवेदन सार्वजनिक गर्दै नेपाली सेनाले जिम्मेवारी लिएको १८ महिनामा उल्लेख्य प्रगति भएको जानकारी गराइएको छ

                  1093 Views

                  गोबर ग्यासको प्रयोग बड्दो क्रममा

                  उर्जाको प्रविति सरल हुलका साथै यसले मानिसको जिवनमा पार्ने असर र वायुमण्डलिय प्रदुषणलाई समेत कम गर्छ

                    हिजो आज विशेष गरि तराई तथा पहाडका विभिन्न जिल्लाहरुमा गोबर ग्यासको प्रयोग फस्टाउदै गएको छ । यो उर्जा कम खर्चिलो र बढि उपयोगि भएका कारण पनि गोबर ग्यासको प्रयोग बढ्दो छ ।उच्च हिमालि भेगमा र अन्य उर्जाको पहुच नपुगेका स्थानमा समेत गोबर ग्यास निर्माण गरि विजुलि बत्ति बाल्न, हिटर बाल्न र अन्य विद्युतिय बाल्न सक्ने सम्भावाना उच्च रहेको देखिन्छ

                    1169 Views

                    देशभरिका आयोजनाबाट आउदो बर्षहरुमा बिजुली उत्पादन वृद्धि हुने

                    आगामी वर्ष पनि ७०० मेगावाट बिजुली थप हुने विद्युत प्राधिकरणको अनुमान छ

                      आउँदो ३ वर्षमा ३ हजार मेगावाट बिजुली पुग्ने भएको छ । सार्वजनिक र निजी साझेदारबाट झण्डै दुई दर्जन आयोजना सम्पन्न भई विद्युत उत्पादन ३ हजार मेगावाट पुग्ने भएको हो ।३ वर्षमा २ हजार मेगावाट बिजुली थप गरी सरकारले यो लक्ष्य पुरा गर्ने लागेको हो । हाल जडित क्षमता १ हजार १०० मेगावाट पुगेको छ । सरकार, नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरु तथा निजी क्षेत्रबाट लक्ष्य पुरा हुनेछ ।

                      1255 Views

                      बैकल्पिक उर्जाले स्थानियको जीवन सहज बन्दै

                      स्थानिए बासिन्दाहरुमा काम गर्ने थप उर्जा बनेको छ । जसले गर्दा गाउँमै रहेर आफ्नो कला सिप जस्तै घर बनाउने डकर्मि काठ काट्ने मेसिन जस्ता सबै कार्य गर्न सहज भएको स्थानिए बताउछन् ।

                        रामेछाप सिमाना सँग जोडिएको काभ्रेको विभिन्न गाउँठाउँमा उर्जाको विकास सगै विगत केहि बर्ष देखि त्यहाँका वासिन्दाहरु ह्र्सित बनेका छन् । जसले गर्दा त्यहाँका स्थानिए बासिन्दाहरु आफ्नो दैनिक काम कार्य गर्नका निमित वषै देखि विद्युतिय उपकरणको आडमा रहेका स्थानिए बासिन्दाहरु अहिले सौर्य उर्जा गाइको गाबरबाट निस्कने विभिन्न उर्जाको सहाएताले स्थानिए बासिन्दाहरु आफ्नो घरेलु कामकाजदेखि लिएर विभिन्न खालका समस्याबाट मुक्त भएका छन् ।

                        804 Views

                        चक्रपथ सडकको स्थिति नाजुक

                        सडकको स्थिति नाजुक भएकौ कारण चक्रपथ सडकमा ट्रयाफिक जाम धेरै हुने गरेको देखिन्छ । जसले गर्दा दैनिक प्रयोग गर्ने सर्बसाधारणले सास्ति भोग्नु परेको छ ।

                          चिन सरकारद्धरा निर्मित चक्रपथ परिक्रम सडक धेरै पहिले निर्माण भए पनि अहिले यसको स्थिति नाजुक बनेको छ । कतै खाल्डाखुल्टि कतै भत्केको जताततै अस्थब्यास्थ रुपमा रहेको यो सडकले गर्दा सर्बसाधारणले सास्ति भोग्नु परेको छ । कलङकिको आकासे पुल निर्माण हुनलागेको तिन चार बर्ष वितिसक्दा पनि अझै निर्माण कार्य सकिएर सन्चालनमा आउन सकेको छैन् ।

                          1008 Views

                          कर्णालिमा पुल निर्माण कार्य तिर्ब गतिमा

                          राजपुर नगरपालिकाका ब्यापारि रामबहादुर थारुले अहिले कर्णालिमा पुल निर्माण भएपछि ब्यापार पनि राम्रो भएको र कौलालि टिकापुरबाट सामान ल्याउन सजिलो भएको कुरा बताउछन् ।

                            काठमाण्डौं माघ २०, बर्दिया जील्लाको राजपुर नगरपालिका देखि कैलालि टिकापुर जोडने पुल तिव्र गतिमा निर्माण कार्य सुरु भएको छ । २०७४ देखि निर्माण कार्य सुरु भएको पुल अहिले धमाधम पुल वनाउने काम सुरु भइरहेको छ । उक्त पुल २०७५ सालमा सबै निर्माण कार्य सम्पन्न गरि, २०७५ सालको अन्तिममा नै सन्चालनमा आउने कुरा सिजि कन्ट्रक्सन कम्पनिले बताएको छ ।

                            1056 Views

                            खैरेनीघाट, बेथान गाल्बा सडक कालो पत्रे हुने

                            निर्देशनालय अनुसार यस बर्ष २६ किलोमिटर सडकमा नालि निर्माण र बाटो कटिङ, पर्खाल निर्माण लगाएतका काम हुने बताइएको छ ।

                              रामेछाको तीनवटा गाउँपालिका जोड्ने सडक कालो पत्रे हुने भएको छ । खाँडादेवि, सुनापाति र दोरम्बा गाँउपालिका जोड्ने मुख्य सडक कालो पत्रे हुने भएको छ । प्रदेश ३ को सरकारले यस आर्थिक बर्षको लागि सडकको चौडा नाला माटो ढुङगा कटिङ र पर्खाल निर्माणको लागि बजेट बिनियोजन गरेको छ ।

                              513 Views

                              ठुला तथा घरेलु बायाे ग्यास निर्माणमा विज्ञहरुको छलफल

                              ठुला बायोग्यास र घरेलु बायोग्यास संयन्त्रहरुबाट पनि प्रशस्त फाइदा लिन सकिन्छ भन्ने विज्ञहरुको भनाइ छ

                                ठुला बायोग्यास प्लाण्ट निर्माण गरेर खाना पकाउने ग्यासका साथै कृषिका लागि उच्चस्तरको मल उत्पादन गर्नसकिने भएकोले कृषि र नविकरणीय उर्जा प्रविधिमा सक्रिया विज्ञहरुको अन्तर्संवाद कार्यक्रम आयोजना गरियो । नेपाल नविकरणीय उर्जा परिसंघले शनिबार आयोजना गरेको उक्त कार्यक्रमको सहजिकरण पूर्व मन्त्री गणेश शाहले गर्नुभएको थियो भने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका ई. दीपक पौडेलले प्रविधिको प्रभावकारिता र हाल निर्माण जडान भैरहेका संयन्त्रहरका संवन्धमा प्रस्तुतिकरण मार्फत जानकारी गराउनु भएको थियो ।

                                550 Views

                                ज्यान हत्केलामा राखेर बिजुली ल्याउन अग्रसर

                                श्रमदानको लागि गाँउका महिलाहरु समेत गैँती, बेल्चा, कोदालो, हँसिया, घन बोकेर हरेक दिन नहर बनाउन अग्रसर रहेका छन् ।

                                  घरमा विद्युत लाइन पुर्‍याउनलाई जनश्रमदान गरिरहेको तस्बिर हेरेरै प्रष्ट हुन्छ, उनीहरु ज्यान जोखिममा राखेरै जलविद्युत योजना निर्माणमा अग्रसर भएका छन् । सानीभेरी गाउँपालिका–६, स्थित देउताखोला–मुसीगार लघु जलविद्युत आयोजना निर्माणको काममा स्थानीयवासी जोखिम मोलेर कामलाई तीव्रता दिइरहेका छन् ।

                                  462 Views

                                  वायोग्यासले सहज बन्दै जनजीवन

                                  वायोग्यासको प्रयोगले स्थानीयहरु हर्षित भएका छन ।

                                    नेपालको अधिकाश जिल्लाहरूमा अझै पनि खाना पकाउनको लागि दाउराको प्रयोग हुने गरेको छ भन्दा फरक नपर्ला सहरी क्षेत्रहरुमा भने खाना पकाउनको लागि l.p ग्यासको प्रयोग हुने गरेको छ। मकवानपुर पुर्बी भेगमा पर्ने बकैया गाउँपालिकामा अधिकाश घरहरुमा वायोग्यासको प्रयोग गर्ने गरेका छन। यश ग्यासको प्रयोगले स्थानीयहरु पनि निकै लावाम्बित बनेका छन।

                                    386 Views

                                    कपन पन्चकुमारी टोलमा खाने पानीको पाइपलाईन जडान

                                    हाल नयाँ पाइपलाईन जडान भए पश्चात्, खानेपानीको समस्याबाट मुक्त हुने सम्पुर्ण पन्चकुमारी टोलबासीहरुको ठूलो आशा रहेको छ

                                      काठमाण्डौ, बुढानिलकण्ठ नगरपालिका,वडा नम्बर १०,कपन पन्चकुमारी टोलमा नयाँ खानेपानीको पाइपलाईन जडानको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विगत २५ बर्ष अगाडी नै खानेपानीको पाइपलाईन सो क्षेत्रमा जडान भएता पनि,तिव्र गतिमा बढ्दो जनसंख्या र शहरीकरणका कारण विगत केही वर्ष देखी खानेपानीको चरम अभाव सो क्षेत्रका सर्वसाधारणहरुले भोग्दै आएका छन्

                                      390 Views

                                      सीप सिकेर स्वरोजगार बन्दै महिला

                                      उनले आफ्नो व्यवसाय सन्चालन गर्न गाउका ५/६ जना युवाहरूलाई रोजगार समेत दिएकी छिन् ।

                                        अपाङ्ग भए पनि खोटाङकि सरोजा राई दुई महिने सिलाई कटाइ सम्बन्धि तालीम लिएकि हुन् ।आर्थिक रुपमा आत्म निर्भर र स्वरोजगार बन्न उनले तालिम लिएकी हुन् ।तालिम पूरा गरे लगतै गाउमै कपडा सिलाइ व्यवसाय चलाउने उनको सपना पुरा हुँदैछ ।गाउँ मा नयाँ नयाँ डिजाइनका कपडा सिलाउने टेलरिङको राम्रो संभावना देखेर सिलाइ कटाइ व्यवसाय रोजेको सरोजा बताउछिन् ।उनले अहिले उक्त व्यवसाय बाट घरखर्च चलाउने देखि बालबच्चाको शिक्षामा खर्च गर्दै बचत समेत गरेकी छिन।

                                        388 Views

                                        मदन भण्डारी राजमार्गमा कालोपत्रे सुरु

                                        ‘बसाहादेखि चुहाडे खण्डमा यसै वर्ष कालोपत्रे गरी सक्ने गरी तयारी हुँदै छ ।’

                                          मदन भण्डारी राजमार्ग धरान–चतरा–सिन्धुली–हेटौँडा सडक पूर्वी खण्डअन्तर्गत उदयपुर क्षेत्रमा कालोपत्रे बिछ्याउन सुरु गरिएको छ । गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे बिछ्याउन थालिएको हो । परीक्षणका रूपमा यस सडकखण्डमा कालोपत्रे सुरु गरिएको धरान–चतरा–सिन्धुली–हेटाैंडा सडक आयोजना पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए ।

                                          444 Views

                                          बिधुतको सुबिधा नपुग्दा मट्टितेलबाट बल्ने टुकी मै सिमित

                                          प्राबिधिक बिकासको क्षेत्रमा बिश्वोले फड्को मार्दा पनि नेपालमा भने कैयौ गाउका जनताहरु बिधुतको सुबिधा नपुग्दा अझै पनि मट्टितेलबाट बल्ने टुकी मै सिमित छन

                                            मट्टितेलबाट बल्ने टुकी एक नवीकरणिय उर्जा हो | यो विशेष गरी तराई तथा पहाडी जिल्लाका मानिसहरुले प्रयोग गर्छन् । यो उपयोगी मात्र नभएर यसले खर्च पनि कम गराउछ | यसलाई बाल्नको लागि एउटा टुकी र मट्टितेल भए पुग्छ यसै कारणले जहाँ उर्जाको पहुच छैन त्यस्तो ठाउँमा मट्टितेलबाट बाल्ने टुकीको प्रचलन बढ्दो रहेकको पाइन्छ ।

                                            467 Views

                                            २१औ सताब्दि सम्ममा पनि बिजुलीको अभाब

                                            विश्वमा technology को निकै विकास भएता पनि नेपालमा बिजुली बत्तीको नै विकास हुन सकेको छैन भने नेपाल कसरी अगाडि बढ्छ ।

                                              नेपाल विश्वमा जल श्रोतको दोश्रो धनी देश मानिन्छ तर पनि नेपालमा अझै पनि धेरै ठाउॅहरूमा बिजुली बत्ती पुगेको छैन भन्दा अचम्म लागेर आउॅछ । नेपालको बिकॅट ठाउॅहरूमा बिजुली पुगेको छैन । नेपालीहरू २१औं शताब्दीमा पनि अन्धकारमा जीवन बिताई रहेका छन् । देशको कुनाकुनामा बिजुलीको अभाव छ । त्यसले साधारण व्यक्तिलाई मात्र होइन, विधार्थीलाई पनि धेरै नै असर पारेको छ । नेपालमा धेरै कुराको विकास भए तापनि अझै कमी कमजोरीहरु छन् ।

                                              377 Views

                                              ट्राउन माछा पालन बाट आत्मनिर्भर बन्दै नुवाकोट का किसानहरु

                                              शुरुमा दस जना मिलेर शुरुवात गरेको व्यवसाय अहिले तीस जना युवालाई प्रत्यक्ष रुपमा रोजगार दिई उनिहरुको जिविको पार्जनमा सहयोग पुर्‍याएको छ।

                                                पर्यटनकिय स्थल ककनीमा ट्राउन माछा पालनको व्यवसाय फस्टाउदै गएको छ। यो क्षेत्र ट्राउट माछा पालनको लागि जिल्लाकै केन्द्र विन्दु बनेको छ। पाँच वर्ष अगाडि करिब दुई लाखको लगानीमा माछा पालन व्यवसाय शुरु गरेको श्याम तामाङले अहिले भने करिब दस लाखको हाराहारीमा आफ्नो व्यवसाय संचालन गर्दै आउनु भएको छ। 'शुरुमा लगानी गर्नका लागि पैसाको अभाव भएकोले मैले जिल्ला कृषि विकास बैंकबाट जग्गा धितो राखी दुई लाख रुपैया रिण लिए र यो व्यवसाय शुरु गरे।

                                                401 Views

                                                ''बाटो निर्माण हुँदा स्थानीयवासीको उत्साह ''

                                                बाटो नबनेका कारण बिरामी ,सुत्केरी महिला ,गर्भवती महिलालाई अस्पताल पुर्याउनका लागि समेत दु:खको सामना गर्दै आएपछि त्यो सास्ती बाट मुक्ति पाएको स्थानीयवासीको भनाइ

                                                  नुवाकोट ,बिदुर महानगर पालिका ६ बुनिबेसी रामहरि अर्याललाई घर अगाडि रहेको बाटो निर्माण नहुदा समस्य थियो । बाटो निर्माण नहुदा उहाँलाई दैनिक आवत जावत गर्नका लागि समस्या हुने गरेको थियो ।बाटो मर्मत सम्भार नभएकै कारण गाउँबस्तीमा कोहि ब्याक्ती बिरामी परिहाले तत्काल अस्पतालसम्म पुर्याउनका लागि समस्या हुने गरेको थियो तर अब उहाँले त्यो समस्या बाट मुक्ति पाउने हुनुभएको छ

                                                  928 Views

                                                  स्थानीयवासीको रकम सङ्कलनद्वारा बाटो निर्माण

                                                  यहाँ एम्बुलेन्स समेत सञ्चालन गर्न सक्ने बाटो नहुदा सुत्केरी ब्याथा लाग्दा र स्थानीय बिरामी पर्दा डोको र स्टेचरमा बोकेर घन्टौं हिडेर बजार पुर्याउनुपर्ने असहज परिस्थिति थियो ,तर बाटो बनेपछि त्यो दुख समाप्त हुने अपेक्षा गरिएको छ ।

                                                    नुवाकोट तल्लो हिलेका स्थानीयवासीले रकम सङ्कलन गरेर दाङ्सिङ हुँदै तल्लो हिले जोड्ने सडकखण्ड निर्माण गरेका छन्। २५ घर परिवारबाट प्रति घर परिवार २४ हजार रुपैयाँका दरले रकम सङ्कलन गरि पाँच किलोमीटर बाटो निर्माण गरिएको स्थानीय अगुवा राजन अधिकारीले बताउनु भयो। मुल सडकदेखि केही टाढा रहेको तल्लो हिले गाउँका स्थानीयले गाविस ,सङ्घसङ्स्था तथा विभिन्न राजनीतिक दलसग पटक पटक हार गुहार गर्दै आएको भए पनि कसैले नसुनेपछि स्थानीयले प्रति घर धुरी रकम सङ्कलन गरेर उक्त सडक खण्डको निर्माण गरेका हुन ।

                                                    285 Views

                                                    गोबर ग्यासले सहज भयो गोरखा बासिको जीवन

                                                    नेपालको सन्दर्भमा यो ग्यास निकै उपयोगी र लाभदायक हुने भएकाले देशको विभिन्न क्षेत्रमा राज्यले यस्ता कार्यको निर्माण गरि वातावरण संरक्षण र आर्थिक बचत गर्नमा सहयोग पुग्ने देखिन्छ।

                                                      गोरखा जिल्ला स्थित फुजेल गाउमा रहेको प्रत्येक घर धुरीमा गोबर ग्यास प्लान्ट निर्माण गरेपछी त्याहाका स्थानिय बासिन्दाको मुहारमा खुशी छाएको छ। सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा ग्यास प्लान्ट निर्माण गरिएको हो। उक्त ग्यास प्लान्ट निर्माण गर्न लाग्ने सामग्री सबै जस्तै :- गिट्टी, बालुवा, ढुङ्गा, सिमेन्ट, रड आदि घर धनिले जुटाएपछी संस्थाबाट खटिएका प्राबिधिकले नै निर्माण गर्ने गरेका छन् ।

                                                      297 Views

                                                      आकाशे पानीको सङ्कलन गर्न घ्याम्पे ट्याङ्कीको निर्माण

                                                      खडेरीको बेला यहाँ पानीको हाहाकार मच्चिन्छ त्यतिबेला जब आफुले जमाएर राखेको पानी चलाउन पाइन्छ तेतिबेला असाध्यै खुशी लाग्छ।"

                                                        गोर्खा जिल्ला स्थित दर्बुङ्ग गण्डकी गाउँ पालिका वडा नं. ५ मा आकाशे पानीको सङ्कलन गरि खडेरीमा प्रयोग गर्नको लागि घ्याम्पे ट्याङ्कीको निर्माण गरिएको छ । उक्त घ्याम्पे ट्याङ्की निमार्ण गर्नका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरेका छन् । यसै घ्याम्पे ट्याङ्की बनाउनका लागि प्रत्येक घर धनिले सिमेन्ट, बालुवा, पाइप आदि जस्ता निर्माण सामग्रीका साथै संस्थाले खटाएका प्राबिधिकहरुलाइ सिमित रकम दिएमा संस्थाहरूले नै ट्याङ्की निर्माण गरिदिने गरेका छन् ।

                                                        302 Views

                                                        अछामका स्थानिय जनता गोबर ग्यास प्रति आक्रसित

                                                        यसै गरि सरकारले देशका विभिन्न हिमालि र पहाडि ग्रामिण क्षेत्रमा पनि गोवर ग्यासको अनुदान प्रदान गरि त्यस क्षेत्रका मानिसहरुलाई पनि गोवर ग्यास तिर अग्रसर हुन पे्ररित गर्नु पर्दछ ।

                                                          हिजो आज मुख्य गरि पहाडि तथा तराइका जिल्लाहरुमा गोबर ग्यासको प्रचलन फस्टाउदै गएको छ । गोबर ग्यास कमखर्चिलो र बढि उपयोगि पनि रहेको छ । यो प्रविद्धिले उच्च पहाडि जील्लामा जहाँ विजुलिको र अन्य उर्जाको पहुच छैन त्यस्ता क्षेत्रमागोबर ग्यासससको प्रचलन र महत्व बढ्दै गएको पाइन्छ । त्यसता क्षेत्रका स्थानिय वासिन्दाहरु गोबर ग्यास प्रति आक्रसित हुदै आयका देखिन्छ।

                                                          349 Views

                                                          वर्षौदेखि उज्यालोको पर्खाईमा बसेको गाउँ कोल्कीमा बिजुली बत्ती

                                                          वर्षौदेखि उज्यालोको पर्खाईमा बसेको दुधपोखरी गाउँपालिकामा बिजुली बत्तीले कोल्कीको भुगोल मात्र उज्यालो बनेको छैन कि, कोल्कीका मनको भुगोल नै यतिबेला उज्यालिएको छ

                                                            लम्जुङ जिल्लाको दुधपोखरी गाउँपालिकाका अन्धकरमय बस्तीहरुमा आजभोलि उज्यालो छाएको छ | बिजुली बत्ती बल्दा गाउँ पालिकाका विध्यार्थीलाई पठनपाठन गर्न सहज र सरकारी दैनिक कामकाजहरु सेवा ग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्न सकिने भएको छ | दुधपोखरी गाउँपालिकामा बिजुली बत्तीले कोल्कीको भुगोल मात्र उज्यालो बनेको छैन कि, कोल्कीका मनको भुगोल नै यतिबेला उज्यालिएको छ |

                                                            345 Views

                                                            कर्णाली जलविद्युत् आयोजना

                                                            तिन बर्ष वितिसक्दा पनि निर्माण कार्य सुस्त गतिमा भएको भन्दै सरकारि निकाए र स्थानिय बासिन्दाले सम्बन्धित् निकायलाइ ध्यानाकर्षण गराएका छन् ।

                                                              कर्णाली जलविद्युत् आयोजनाको तिन बर्ष वितिसक्दा पनि उक्त जलविद्युत् आयोजनाको कार्य न्युन गतिमा भइरहेको पाइन्छ । २०१६ सालमा निर्माण कार्य सुरु गरिएता पनि उक्त जलविद्युत् आयोजनाको अपेक्षित गरे अनुसारको कार्य नभएको पाइएको छ । उक्त जलविद्युत् आयोजना नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको हो । उक्त अयोजना निर्माण गर्न विभिन्न देशले सहयोग गरेको पाइएको छ

                                                              425 Views